साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविको गुनासो

आचारमा निर्मल चित्त पारी । फुल्ने छ चाँडै नव फूलबारी ।। टारिन्छ गर्जो नमिले नि खाजा । हे हन्तकाली अब दूर जाजा ।।

Nepal Telecom ad

हेमराज पन्त :

बोकी हिंडे जो सपना हजारौं ।
आफ्ना झिना कल्मष भाव मारौं ।।
राखौं सबैमा सत् भाव ताजा ।
हे हन्तकाली अब दूर जाजा ।।
१

भोका र नाङ्गा जनता छ रोगी ।
देखे सयौं दुष्ट अभाव दोषी ।।
कर्तव्यको बोध गरेर ताजा ।
हे हन्तकाली अब दूर जाजा ।।
२

नेपाल हो स्वर्ग भनेर जानौं ।
संस्कारको सौरभ पुष्प ठानौं ।।
सङ्गीत हो मानव चेत बाजा ।
हे हन्तकाली अब दूर जाजा ।।
३

आदर्शमा फुल्दछ जिन्दगानी ।
ज्ञानी सधैं चुम्दछ ज्ञान छानी ।।
हामी बनौं सज्जन शिष्ट भाजा ।
हे हन्तकाली अब दूर जाजा ।।
४

राखौं सबैमा नित भाइचारा ।
नेपाल आमा सबकी सहारा ।।
राम्रो गरे आशिक दिन्छ आजा ।
हे हन्तकाली अब दूर जाजा ।।
५

बोलौं सबै सभ्य र शिष्ट भाषा ।
जल्ने छ कालो मनको निराशा ।।
माया,दया,प्रेम थपौं तकाजा ।
हे हन्तकाली अब दूर जाजा ।।
६

आचारमा निर्मल चित्त पारी ।
फुल्ने छ चाँडै नव फूलबारी ।।
टारिन्छ गर्जो नमिले नि खाजा ।
हे हन्तकाली अब दूर जाजा ।।

०००
पाटन- २, सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x