साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिकता

पुर्खाको उपहार सम्झन पुगौं भाषा,कला सभ्यता । यी छाडापनमा छ पागलपना खोजौं कहाँ नव्यता ।। नारी मग्मग वासना कुसुमकी सौन्दर्य नौलो जडी । हाम्रो जीवन नव्य पुस्तक थियो खै के पढी के पढी ।।

Nepal Telecom ad

हेमराज पन्त :

कोही छैन समीपमा तर यहाँ एक्लै बसेको छु म ।
बाँझो देख्दछु कन्दरा मन गरा खोजी पसेको छु म ।।
प्यारी तीज तिरिक्क तिर्मिर गरी काटी हजारौं खसी ।
रक्सी होटलको चुसी दर भनी रुन्छौ परेला कसी ।।
१

सोचे प्रश्न अनेक उत्तर कुनै मिल्दै नमिल्ने भयो ।
नौलो आगतमा कवे बस तिमी चाला अनौठो छ यो ।।
खान्थे खीर पकाउँदै दर भनी ती सेल माँडा पुरी ।
तारे होटलमा छ उत्सव निकै नग्ना बने च्याखुरी ।।
२

हाम्रा मौलिक चाँडपर्व रसिला धस्दै किनारा पर ।
हाम्रा यी पहिचान गौरव कला रुन्थे बनी जर्जर ।।
च्यातेको मन सिल्न सक्छु कसरी च्यातेर संस्कार खै ।
गौरा,तीज,दशै,तिहार सब यी बन्दै गए झार झै ।।
३

पुर्खाको उपहार सम्झन पुगौं भाषा,कला सभ्यता ।
यी छाडापनमा छ पागलपना खोजौं कहाँ नव्यता ।।
नारी मग्मग वासना कुसुमकी सौन्दर्य नौलो जडी ।
हाम्रो जीवन नव्य पुस्तक थियो खै के पढी के पढी ।।
४

आफैबाट सुधार बुद्धि बलले केके छ हाम्रो कमी ।
को बुझ्ला भन यो धरातल डमी बन्ला र मान्छे लमी ।।
बोकौं देश सबै मिली हृदयमा संस्कार हाम्रो मियो ।
सोच्दै बस्छु म आज आधुनिकता खै के दियो के दियो ।।
५

०००
पाटन २ सिलङ्गा, बैतडी
हाल:-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x