साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुकेबल

जोडिन्छ केले मन जीर्ण टालो । संसार गोला छ र घुम्छ पालो ।। तिम्रो तिमी हौ नचिने मलाई । कोरे बाल्ने छु मसी,सलाई ।।

Nepal Telecom ad

हेमराज पन्त :

आचारमा दुष्ट छ मिष्ट बोली ।
यो लेखनी लेख्दछ शब्द घोली ।।
संस्कारका साथ विवेक खाली ।
रोगी बनी मर्दछ हन्तकाली ।।

देख्दा थियो सभ्य र शिष्ट जस्तो ।
बुझ्दा असाध्यै पटमुर्ख कस्तो ।।
मैमत्तमा रम्दछ तुच्छ घाती ।
चुस्के जुका जङ्गलको छ साथी ।।

जो खन्चुवा हो उहीँ देख्छु कालो ।
फैली रहेको छ दलाल जालो ।।
त्यो मुर्ख आफै किन ठान्छ ज्ञानी ।
दुख्दै थियो कल्मषको बिहानी ।।

जो चोर आफै झन बोल्छ चर्को ।
चिप्ले किरा बन्दछ हेर अर्को ।।
यी भ्रष्टका भ्रष्ट अनेक खाले ।
के चोर नै बन्दछ आज पाले ।।

के लाशको दास बनेछ ढोंगी ।
कात्रो लपेटे पनि नग्न रोगी ।।
के वस्त्रले छोप्दछ लाज सारा ।
फालौं सबै दुर्जन भातमारा ।।

जोडिन्छ केले मन जीर्ण टालो ।
संसार गोला छ र घुम्छ पालो ।।
तिम्रो तिमी हौ नचिने मलाई ।
कोरे बाल्ने छु मसी,सलाई ।।

०००
पाटन २ सिलङ्गा,बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
सिंहराज

सिंहराज

हेमराज पन्त
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x