फित्काैली डटकमनब्बे वर्ष उमेर समूहका स्रष्टालाई अभिनन्दन गरियाे
अमृत वर्ष महोत्सवमा साहित्य सेवा गर्नुभएका ९० वर्षमाथिका सर्जकलाई दोसल्ला, फूलमाला र प्रमाणपत्रसहित अभिनन्दन गरिएको हो ।

काठमाडौँ । नेपाल शिक्षा परिषद्ले ९० वर्ष उमेर समूहका साहित्यकार, लेखक (वाङ्मयसेवी) लाई अभिनन्दन गरेको छ ।
परिषद्को स्थापना भएको ७५ वर्षको अवसरमा आइतबार आयोजित अमृत वर्ष महोत्सवमा साहित्य सेवा गर्नुभएका ९० वर्षमाथिका सर्जकलाई दोसल्ला, फूलमाला र प्रमाणपत्रसहित अभिनन्दन गरिएको हो ।
सो अवसरमा नेपाली शिक्षा परिषद्ले सर्जकहरू शताब्दीपुरुष गौरीशङ्करलाल दास, डा. महेश्वर शर्मा, भद्रकुमारी घले, हरिराम जोशी, मृगेन्द्रराज पाण्डे, द्वारिका श्रेष्ठ, प्रा. चेतोनाथ शर्मालगायतलाई अभिनन्दन गर्यो ।
कार्यक्रममा अभिनन्दित व्यक्तित्व शताब्दीपुरुष दासले यो उमेरमा पनि समाजका लब्धप्रतिष्ठित व्यक्तित्वको लहरमा बसेर सम्मानित हुने अवसर पाउँदा खुसी लागेको बताउनुभयो ।
डा. शर्माले नेपाली शिक्षा परिषद्का संस्थापक गोपाल पाँडे ‘असीम’ को सान्निध्यमा रहेर काम गरेको स्मरण गर्दै बुढ्यौलीमा सबैको हेला हुने उमेरमा पनि परिषद्ले सम्झेर अभिनन्दन गरेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।
यसै गरी साहित्यकार घलेले नेपाली शिक्षा परिषद्, अभिनन्दित व्यक्तित्व र कार्यक्रममा उपस्थित सबैलाई दीर्घायु र शुभमङ्गलको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । परिषद्की अध्यक्ष रमा शर्माले नेपाली शिक्षा परिषद्को माध्यमबाट नेपाली साहित्यको सेवामा योगदान पुर्याउनुभएका सर्जकको हौसला, प्रेरणाका लागि पुरस्कार, सम्मान, अभिनन्दनलगायतका कार्यक्रको आयोजना गर्दै आएको र यस पटक संस्थाको स्थापनाको ७५ औँ वर्षको उपलक्ष्यमा साहित्य सेवामा सक्रिय नौ दशक पुग्नुभएका सर्जकको अभिनन्दन गरिएको बताउनुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































