साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियति

आफ्नो जन्मजात गुण र स्वभावहरू देखाउँदै झन् उग्र भएर शासन सत्ता चलाउन थाल्यो । भेडाहरूसँग अब कुनै विकल्प बाँकी थिएन ।

Nepal Telecom ad

किसन पाैडेल :

सिंहको एकलौटी हुकुमी शासनबाट स्याल, ब्वाँसा र भेडाहरू आजित भएका थिए ।

स्याल, ब्वाँसा र भेडाहरू मिलेर जालझेल र षडयन्त्रपूर्वक सिंहलाई आफ्नो चङ्गुलमा पार्न सफल भए ।

सिंह आजित भएर लौ तिमीहरू नै गर शासन भन्दै राज्य सत्ताको सिंहासन त्यागेर गुफातिर लाग्यो ।

ब्वाँसाहरूको नाइकेले सत्ताको बागडोर सम्हालेर आसन ग्रहण गर्यो र स्यालहरूलाई मन्त्री बनायो ।

स्याल र ब्वाँसाहरूको नाइके मिलेर जङ्गली राज्य सञ्चालन गर्न थाले । निर्धो र कमजोरहरूलाई दबाएर राखे । हत्या हिंसा व्यापक वृद्धि हुँदै गयो ।

अति नै भएपछि भेडाहरू आजित भए र सिंहलाई सम्झिन थाले ।

आफैं मोजमस्तीमा रमाए पनि सिंहको शासनकाल योभन्दा उत्कृष्ट थियो भन्ने सोच्न थाले । सिंहले बुद्धि- विवेकले काम गरेको थियो । पिरमर्काको सुनुवाइ हुन्थ्यो । अचाक्ली अन्याय अत्याचार त हुँदैन थियो ।

सबै भेडाहरू मिलेर सिंहलाई खोज्न जाने सल्लाह गरे र सिंह बसेको गुफाभित्र गएर अनुनय गर्न थाले ।

– हजुर माफ गर्नुस् ! हजुरलाई हामीले शासन सत्ताबाट हटायौ ।

हजुरबिना हामी बेसहारा भएका छौं। हजुर आएर फेरि आफ्नो शासन सत्ता सम्हाल्नुपर्यो ।

अपहेलित र उपेक्षित भएर धेरै वर्ष गुफा बस्नुपर्दा सिंहको मन बदलाको भावनाले उद्वेलित भैरहेको थियो ।

मौका यही हो भन्ने सोचेर सिंहले उनीहरूको कानमा केही मन्त्रहरू फुकेर पठायो ।

भेडाहरूको जमातले ब्वाँसा र स्यालविरूद्ध आन्दोलन गरे । केही अन्य बाँदर, र बनढाडे बिरालोहरूले पनि साथ दिए । जङ्गलमा विद्रोहको डढेलो सल्कियो । ब्वाँसाहरूको केही सीप चलेन । उनीहरू सत्ता छोडेर भाग्न बाध्य भए ।

सिंह पुनः आएर आफ्नो गद्दीमा बस्यो । तनमन साह्रै भोकाएको थियो । आफ्नो जन्मजात गुण र स्वभावहरू देखाउँदै झन् उग्र भएर शासन सत्ता चलाउन थाल्यो । भेडाहरूसँग अब कुनै विकल्प बाँकी थिएन ।

नियतिको खेल सम्झेर फेरि त्यहीं दयनीय दुःखद जिन्दगी बिताउन थाले ।

०००
हेटाैँडा
खुसी, लघुकथासङ्ग्रह (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x