साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला

डायरीमा रातो मसीले लेखेको जाल, झेल र षड्यन्त्रको फेहरिस्त छ झोला भित्र एउटा झुत्रो मेनोफेस्टो छ विद्रुप देखिने एउटा चरित्रको चित्र छ भन्नुस् महासय ! यो झोला कसको हो ?

Nepal Telecom ad

किशन पौडेल :

मैले एउटा
झोला भेट्टाएको छु
अत्यन्तै पुरानो
मक्किएर ठाउँ ठाउँमा प्वाल परेको ।
झोलाभित्र
ल्याप्चे छाप ठोकिएका
एक थान स्वाभिमानका
बन्द खामहरू छन्
च्यातिएर धुजा धुजा परेका
एक मुठ्ठी इमानका
दस्ताबेजहरू छन्
कालो रङ लतपतिएको
एउटा दुर्गन्धित डायरी छ
डायरीमा रातो मसीले लेखेको
जाल, झेल र षड्यन्त्रको फेहरिस्त छ
झोला भित्र एउटा झुत्रो मेनोफेस्टो छ
विद्रुप देखिने एउटा चरित्रको चित्र छ
भन्नुस् महासय !
यो झोला कसको हो ?

०००
२०८२/०२/२०
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x