साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेडहरू

कमरेडहरू - अँध्यारोको युग सकिनै लाग्यो भन्दै उज्यालो रातो घाम देखाउँदै पत्तै नपाई हाम्रै काँधमा चढेर उक्लिए अहिले तिनीहरू हाम्रै पिठ्युँमा प्रहार गर्दै छन् ।

Nepal Telecom ad

किशन पौडेल :

कमरेडहरू –
भूतसँग डराउनु हुँदैन भन्थे
प्रेत जगाउनु हुँदैन भन्थे
आजकल प्रेतको दोछायाँ देखेर
तिनीहरूकै खुट्टा कामिरहेको देख्छु ।

कमरेडहरू –
विलासी सपना देख्नु हुँदैन भन्थे
महत्त्वाकाङ्क्षी चाहनाहरू पाल्नु हुँदैन भन्थे
आँटो पिठो, धुलो मैलोलाई नै आदर्श ठान्थे
भुईँका मान्छेहरूलाई भगवान् मान्दथे ।

कमरेडहरू –
हावामा मुठ्ठी उचालेर छाती तनक्क पार्दै
सामन्तीको जरो उखालेर फाल्नुपर्छ भन्थे
वैरीहरूसँग सुरुङ युद्ध गर्नुपर्छ भन्थे
छलाङ मारेर फड्किने ठुला कुरा गर्थे
भाषा, लवज, शैली अद्वितीय लाग्दथ्यो ।

कमरेडहरू –
जनताका गीत गाउँदै गाउँदै
तिलस्मी सपनाहरू बोकेर आँगनमा आए
रुखो-सुको खाएर मझेरीमै सुते
लाग्दथ्यो दुखका दिनहरू सकिए
दैलोमै साक्षात् देवताहरू भेटिए ।

कमरेडहरू –
अँध्यारोको युग सकिनै लाग्यो भन्दै
उज्यालो रातो घाम देखाउँदै
पत्तै नपाई हाम्रै काँधमा चढेर उक्लिए
अहिले तिनीहरू हाम्रै पिठ्युँमा प्रहार गर्दै छन् ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्निपरीक्षा

अग्निपरीक्षा

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x