साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीभत्स समयको बिस्कुन

वीर शमसेरको सराद सकेर भावी महाराजको खातिरदारीमा हतार हतार कुदिरहेको घण्टाघरको सुई । रेमिट्यान्सको आँसु बेचेर किनेको आइफोनमा नाठासँग मस्किंदामस्किंदै... ।

Nepal Telecom ad

भोजराज रेग्मी :

जुँगाको रेखीमा राहदानी झुण्ड्याएर
भिजेका परेलामा भीसा लगाएर
तातो रगत र चिसो पसिनासँग
रेमिट्यान्स साट्न
लस्कर लागेका निरीह विवशताहरू
काठको बाकसभित्र सुतेर
फर्किरहेछन् घर

कथित “ए” श्रेणीको संघीयता शमसेर
भाँती – भाँतीका रेला गरेर समय काट्छ
कथित “सी” श्रेणीको फ्यान शमसेर
स्टाटसको तातो तोप पड्काएर
भेडाहरूको रक्तचाप बढाइदिन्छ
र आत्मरतिमा दाह्री मुसार्दै मुस्काउँछ ।

कालो पर्दाभित्र
मदारीले बजाएको डमरुको तालमा
कोरस गाइरहेछन् – कोकलेहरू
मारुनी नाचिरहेछन् – मुसुमुन्द्रेहरू

तेर्सो सकिएको अत्यासलाग्दो
उकालोजस्तो उमेर
सिमलको भुवाजस्तै उडिरहने मन
चङ्गा चुँडिएर अलपत्र परेको
लट्टाईजस्तो बैँस
उखेलेको मूलाजस्तो जिन्दगी
भुलुक्क उम्लेर एकैछिनमा पाकिहाल्ने
गुन्द्रुकजस्तै माया
चटपटे र पानीपुरीजस्तो पिरती
सुन्दरीका स्याउगालामा घरीघरी चुम्मा गरेर
हतार हतार टाप कस्ने
हिउँदे सिरेटोजस्तो खुशी

घरीघरी छौँडा खेलाएर हैरान पार्ने छिमेकी
गाउँलेको बिहेमा जन्त आएको
अल्लारे ठिटाठिटीजस्ता दलहरू
वनभोज खान आएको
अघोरी बाबाजस्तो सरकार
छिमेकीले हात्ती चढेको ईर्ष्याले
जोईटिङ्ग्रे लोग्नेको दिमाग चाटिरहने अर्धांगिनी
“एक नारी :ब्रम्हचारी”को साइनबोर्डमुनी
कम्बल ओढेर घ्यु खाने पतिपरमेश्वर

वीर शमसेरको सराद सकेर
भावी महाराजको खातिरदारीमा
हतार हतार कुदिरहेको घण्टाघरको सुई ।
रेमिट्यान्सको आँसु बेचेर किनेको
आइफोनमा नाठासँग मस्किँदामस्किँदै
कर्तव्य र दायित्व डढाएर भसक्क पार्ने गृहिणीहरू ।
म
आफ्नै आङ कन्याएर छारो उडाउँदै
वीभत्स समयको बिस्कुन रुँगिरहेको छु ।

०००
पेप्सीकाेला, भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
हरिप्रसाद उप्रेती
हरिप्रसाद उप्रेती
1 year ago

साहित्य सौन्दर्य र यथार्थताको संगम ।

Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
1
0
Would love your thoughts, please comment.x
()
x