साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माखेसाङ्लो

सशक्तीकरण गर्ने नीतिहरू तर्जुमा गर्ने नाममा राजनीतिक संरचनाले नै उनीहरूलाई नियन्त्रित बनाइरहेको देखिन्छ । त्यसैले ‘महिला पद’ को नाममा सत्ता सुमसुम्याइने खेल मात्र देखियो ।

Nepal Telecom ad

कुलप्रसाद घिमिरे :

पात्र :
१.पानबहादुर (अमुक दलको स्थानीय नेता, महिलाअधिकार कार्यान्वयन नहोस् भन्ने सोच राख्ने पुरुष ।)
२. सञ्चारकर्मी (राजनीति सचेत, महिला अधिकारप्रति सचेष्ट पुरुष)
३. कान्छीमाया (पूर्ण महिला अधिकारको बोध गरेकी नारी ।
४. नरेश (अमुक दलको एक कार्यकर्ता ।)

(पर्दा उघ्रिनुअघि.. नेपथ्यबाट मधुरो आवाज आउँछ ।)
महिला सशक्तीकरण कि माखे साङ्लो ? नेपालको गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गर्न तय भएको राजनीतिमा महिलाको सहभागिता बढ्दै गए पनि वास्तविक रुपमा यसको कति प्रभावकारी छ भन्ने विषयमा अलि तालमेल नभएकोले यस विषयमा छलफल गर्नु आवश्यक छ । संविधानले महिला प्रतिनिधित्वलाई सुनिश्चित गरे पनि के उनीहरू सशक्त रूपमा कार्य गर्न सक्षम छन ? कि उनीहरूलाई सत्ता समीकरणमा मात्र प्रयोग गरिन्छ ? यसै सन्दर्भमा ‘माखे साङ्लो’ लघुनाटकले देखाउन खोजेको यथार्थ राजनीतिक सत्ताको वास्तविकता हो । राजनीतिमा महिलाको प्रतिनिधित्व देखावटी कि वास्तविक ? नेपालको संविधानले उच्च पदहरूमा लैंगिक समानता अनिवार्य गरेको छ । राष्ट्रपति महिला भए, उपराष्ट्रपति पुरुष हुनुपर्छ । सभामुख महिला भए, उपसभामुख पुरुष हुनुपर्छ । यस किसिमको कानुनी व्यवस्थाले महिलालाई अवसर प्रदान गरेको देखिए पनि उनीहरूको अधिकार र निर्णय क्षमता सीमित बनाइएको छ । यसको मतलब अझ पनि महिलालाई सहभागिताका लागि मात्र सहभागिता गराइएको छ । राजनीतिक वृत्तमा लामो समयदेखि रहेका पुरुष नेतृत्वले महिलालाई केवल देखावटी रूपमा अघि सार्ने गरेका छन् । नीतिगत निर्णयमा महिलाहरूको भूमिका सधैं सीमित राखेको देखिन्छ । यो व्यवस्थाले महिलाहरूलाई साँच्चिकै सशक्त बनाउँछ कि सत्ता समीकरणको एक मोहरा मात्र बनाउँछ ? यस विषयमा केही मन्थन जरुरी भएको छ ।….

(बिस्तारै पर्दा उघ्रँदै जान्छ ।)

(मञ्चमा पानबहादुर कुर्सीमा बसेका छन् । (सञ्चारकर्मीे माइक समातेर अर्को कुर्सीमा आमने सामने बसेका छन् । कान्छीमाया प्रवेश गर्छिन् र अर्को कुर्सी तानेर पानबहादुरकै छेउमा सञ्चारकर्मी सम्मुख पर्ने गरी बस्छिन् ।)

सञ्चारकर्मी : (अन्तर्वार्ताको शैलीमा) नेताजी, संविधानले उच्च पदहरूमा लैंगिक समानता अनिवार्य गरेको छ भन्ने सुनिएको छ, के यो साँचो हो ?

पानबहादुर : (अलिकति हाँस्दै)ः हो नि, संविधानमा स्पष्ट लेखिएको छ— राष्ट्रपति महिला भए उपराष्ट्रपति पुरुष हुनुपर्छ, प्रधानमन्त्री पुरुष भए सभामुख महिला हुनुपर्छ । बराबरी हुनुपर्छ भनेको त हो नि !

सञ्चारकर्मी : (कान्छीमायातर्फ फर्किदै) तपाइँ के भन्नु हुन्छ ?

कान्छीमाया : अनि म के भनूँ ? हामी महिला नेतृलाई जिम्मेवारी दिन्छौँ भनेर चुनाव जिताउने, तर पछि ’माखेसाङ्लो’ बनाएर शक्तिविहीन बनाइन्छ ।

कार्यकर्ता : त्यसो भए यो व्यवस्थाले साँच्चै महिला सशक्तीकरण गर्छ कि दयाको टुक्रा जस्तो मात्र हो ?

पानबहादुर : (गम्भीर हुँदै)ः हेर बाबु, सत्ता भनेको भाग लगाउने खेल हो । यो त खसी काटेर भाग बिलो लगाए झै बराबरी बनाउनु हाम्रो बाध्यता हो त्यसैले त हामी सबै मिलेर सत्तालाई ’सन्तुलित’ बनाउँछौं ।

कान्छीमाया (चिढिँदै)ः सन्तुलन ? कि सत्ता लुट्ने नयाँ तरिका ? एउटी महिला नेतृ बनायौं भनेछ, पछि उही संरचना भित्र नै खुम्च्याइदिन्छौं । मन्त्री बनायौं, तर निर्णय गर्ने हैसियत दिँदैनौं ।

सञ्चारकर्मी : त भनौं न, महिला भए सत्तामा जान पाउने, तर शक्ति भने पुरानै शैलीले पुरुषकै हातमा रहने ? यो त ताजुब लाग्ने कुरा भयो ।

पानबहादुर : (मुस्कुराउँदै)ः राजनीति भनेकै व्यवस्थापन हो, छोरी । मिलाएर लैजानुपर्छ ! सन्तुलनलाई असन्तुलन बनाउनु हो भन्ने थाहा छैन ? सत्तामा महिलाको सहभागिता देखावटी मात्र हुने हो भने, यसले महिलालाई थप कमजोर बनाउनेछ । उनीहरूलाई सशक्तीकरण गर्ने नीतिहरू तर्जुमा गर्ने नाममा राजनीतिक संरचनाले नै उनीहरूलाई नियन्त्रित बनाइरहेको देखिन्छ । त्यसैले ‘महिला पद’ को नाममा सत्ता सुमसुम्याइने खेल मात्र देखियो ।

नरेश : नेताजी, महिला नेताको काम चाहिँ के हो नि ?

पानबहादुर : काम ? (गहिरो स्वास फेर्दै) देशभरिका कार्यक्रममा जान्छिन्, भाषण दिन्छिन्, गला मिठो बनाएर बोले पुग्छ । अरु मुख्य निर्णय गर्ने बेला हामी पुरुष छदैछाँै नि ।

कान्छीमाया : (सिधै हेर्दै) अनि नीतिगत निर्णय गर्ने बेला नि ?

पानबहादुर (लाज नमानी) : ए हे हे ! निर्णय त केन्द्रीय समितिले गरिहाल्छ नि !

सञ्चारकर्मी : अनि यो ‘महिला नेतृ’ भन्ने पद त खाली देखाउनकै लागि पो हो त ?

कान्छीमाया : देखाउनकै लागि मात्र होइन, सत्ता जोगाउनकै लागि हो । एउटा पद महिलालाई दिने बहानामा अर्को पद
पुरुषलाई सुरक्षित राख्ने र आफ्नो सेटिङ मिलाउने मज्जाको खेल हो नि यो त ।

कार्यकर्ता : (थरथर काँप्दै) ए, तेसो भए पदमा बस्ने तर शक्ति नहुने पदीय व्यवस्था त पो रहेछ, होइन त ?
पानबहादुर : राजनीति भनेकै व्यवस्थापन हो ! यहाँ महिला, दलित, जनजाति, उत्पीडित खस आर्य सबैलाई समेट्नु परेन त ?

कान्छीमाया : व्यवस्था होइन नेताजी, यो त सत्ता कब्जा गर्ने पुरानो प्रवृत्ति हो । अझ मिलिमिली खाने अवस्था हो ।
(सञ्चारकर्मी र कार्यकर्ता एकअर्कालाई हेर्छन् । कान्छीमाया गम्भीर मुद्रामा मञ्चबाट निस्किन्छिन् ।)

(नेपथ्यबाट मधुरो आवाज आइरहन्छ….) यसरी यो व्यवस्था महिला सशक्तीकरण कि सत्ताको नयाँ खेल हो बुझ्न सकिएन । महिलाहरूलाई सशक्त बनाउनका लागि उनीहरूलाई मात्र प्रतिनिधित्व दिने कुरा त पर्याप्त हुँदैन होला कि उनीहरूलाई स्वतन्त्र निर्णय गर्ने अवसर, समान पहुँच, तथा राजनीतिक संरचनाभित्र निर्णय लिने अधिकार सुनिश्चित गर्नुपर्छ । नेपालको राजनीतिमा महिलाको उपस्थितिलाई देखावटी होइन, प्रभावकारी बनाउने दिशामा कदम चाल्न जरुरी छ । समानता भनेको मात्र संख्यात्मक प्रतिनिधित्व होइन, बरु प्रभावकारी सहभागिता हो । महिलालाई केवल पद दिनु मात्रै सशक्तीकरण होइन, तिनलाई वास्तविक शक्ति दिन सक्नुपर्छ ।

(पर्दा झर्दै जान्छ, पृष्ठभूमिमा आवाज आउँछ— “बराबरीको नाममा सत्ता बाँडफाँड होइन, असली सशक्तीकरण चाहिन्छ !”)

पर्दा पूरै लाग्छ ।

०००
सिद्धिचरण नगरपालिका– ७, विगुटार
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भोट, भोज र बलिदान

भोट, भोज र बलिदान

कुलप्रसाद घिमिरे
बालराम र वृद्धाराम

बालराम र वृद्धाराम

कुलप्रसाद घिमिरे
आवरण र आत्माको धुलो

आवरण र आत्माको धुलो

कुलप्रसाद घिमिरे
सुधार केन्द्रका नेताहरू

सुधार केन्द्रका नेताहरू

कुलप्रसाद घिमिरे
सपनाको खेती र भोको पेट

सपनाको खेती र भोको...

कुलप्रसाद घिमिरे
अक्षरको भोक

अक्षरको भोक

कुलप्रसाद घिमिरे
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x