साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुहोस् होली मनाऔँ

आउनुहोस् एक घुट्की भाङ खाएर होली दिवस मनाऔँ वागमतिमा बगेको रक्षान भन्दा बढी हामी नै गन्हाऔँ । आउनुहोस् हामी सँगै बसेर होली दिवस मनाऔँ आउनुहोस् हामी सिंहदरबार भित्रै पसेर ओली दिवस मनाऔँ ।

Nepal Telecom ad

भोज अर्याल :

हिजको पर्सि र पर्सिको हिजलाई भोलि भनिन्छ
ढंग नपुराइ रंग, रंग सँगै विरंग दल्नुलाई होली भनिन्छ ।

खोला सुकेर घाट पल्टिए पछि खोली खनिन्छ
दर्शन भुकेर टाट पल्टिए पछि ओली बनिन्छ ।

आंखा नभएको फलामको छेस्कोलाई गोली भनिन्छ
सिंग फुस्केको गोरु झैं रक्ताम्मे लड्नुलाई रगतको होली भनिन्छ ।

छाङ खान छोडेर भाङ खान थालेपछि ठुलो शाषक बनिन्छ
शिवजीको नग्न रुप हेरेपछि सत्ताको ठुलो उपासक बनिन्छ ।

रंगै रंगको टाटो दले पछि होली खुबै मनाइन्छ
खोली पसेकाहरु झोली बोकेर हिँड्दा संमृद्धिको लुतो कन्हाइन्छ ।

आउनुहोस् एक घुट्की भाङ खाएर होली दिवस मनाऔँ
वागमतिमा बगेको रक्षान भन्दा बढी हामी नै गन्हाऔँ ।

आउनुहोस् हामी सँगै बसेर होली दिवस मनाऔँ
आउनुहोस् हामी सिंहदरबार भित्रै पसेर ओली दिवस मनाऔँ ।

आउनुहोस् आजै मनाऔँ भोलि मनाऔँ होली मनाऔँ
सक्ने जति मिलेर होली मनाऔँ समय नघर्किदै जिन्दगी बनाऔँ ।

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x