साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधकल्चो बीउ

निश्चलले खुसी हुँदै भन्यो, "म त शिक्षक बन्छु, जस्तै तपाईं !" श्रीधर सरलाई हृदयमै चोट लागेको जस्तो लाग्यो । छोरालाई हेर्दै उनले भने, "तर यो पेशामा त अपमान मात्रै छ, सङ्घर्ष मात्रै छ !"

Nepal Telecom ad

नन्दलाल आचार्य :

“गुरुबाट ‘मास्टर’ बनाइदिएर अपमानको घुट्का पिलाउने यही समाजलाई किन ज्ञानको बत्ती बालेर उज्यालो पार्न मरिहत्ते गर्ने ?” तिक्तताले भरिएको श्रीधर सरको आवाज अझै थपियो, “अब त आफ्नै सन्तानलाई पनि यस शिक्षण पेशाबाट टाढा राख्नुपर्छ !”

श्रीधर सर विद्यालयको बैठकपछि घर फर्कंदै गर्दा मन भारी बनाएर हिंडिरहेका थिए । उनका पुराना विद्यार्थी राजन, जो अहिले विद्यालय व्यवस्थापन समितिमा थिए, साथमा थिए ।

राजनले हल्का हाँस्दै भने, “सर, तपाईं नै भन्नुहोस्, हाम्रो शिक्षा प्रणाली नै धरासायी छ । न शिक्षकको इज्जत छ, न त विद्यार्थीमा संस्कार ! अब यो सब सुधार्ने कि चुप लागेर बस्ने ?”

श्रीधर सर एकछिन रोकिए । बगरमा पानी बगिरहेको थियो । पानीमा बगेका सुक्खा पातहरू घुमी-घुमी डुबिरहेका थिए । उनले ती पाततिर हेर्दै भने, “सुधार्ने त कोसिस गर्यौं, तर हामी आफैं बगेका छौं । शिक्षा मात्र होइन, शिक्षक नै निरीह बनाइयो ।”

राजनले गम्भीर हुँदै भने, “सर, तपाईंसँग ज्ञानको उज्यालो छ, तर तपाईंले आफ्नै सन्तानलाई अन्धकारमा राख्ने निर्णय गर्नुभयो भने अरूलाई के सिकाउनुहुन्छ ?”

श्रीधर सर केही नबोली अघि बढे । घर पुगेपछि छोरालाई बोलाए, “निश्चल, तिमी ठूलो भएपछि के बन्ने सोच्दै छौ ?”

निश्चलले खुसी हुँदै भन्यो, “म त शिक्षक बन्छु, जस्तै तपाईं !”

श्रीधर सरलाई हृदयमै चोट लागेको जस्तो लाग्यो । छोरालाई हेर्दै उनले भने, “तर यो पेशामा त अपमान मात्रै छ, सङ्घर्ष मात्रै छ !”

“बाबा, तपाईंले मलाई ज्ञानको बीउ रोप्न सिकाउनुभयो ।” निश्चलले थप्यो, “अब यदि त्यो बीउ अधकल्चो छ भने मैले नै मलजल गरेर हुर्काउनु पर्ने होइन र ?”

०००
२०८१ चैत ११ गते ।
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x