साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘टोलटोलमा राजा’: हल्का हाँसो तर जोडदार व्यङ्ग्य

जनतालाई झुक्याउँदै राष्ट्रिय ढुकुटी रित्याउँदै 'यही हो मेरो आइडिया' भनी सत्तालिप्सुहरूबाट देश टाट पल्टिसकेको बिम्ब-चित्रमय व्यङ्ग्य-बिस्कुन अवलोकन गर्न सकिन्छ ।

Nepal Telecom ad

केशवराज आमोदी :

साहित्य सृजनाको प्रयोजन वा उद्देश्य साहित्यकारको चिन्तन, अनुभूति र मनोयोगले तय गर्दछ । चिन्तनको सतह विस्तारित हुँदै जीवन र जगत्का पहेलीहरूमा कला, सौन्दर्य र चेतनामयी त्रिवेणीका त्रि-तरङ्गमा डुबुल्किंदै संश्लेषण र विश्लेषणहरूमा रङमङिन पुग्दछ । मानवले सृष्टिबाट पाएको अनमोल उपहार आनन्द नै हो । चेतनाले आनन्दलाई जाग्रत गराउने हुँदा सत्यं शिवं सुन्दरम् हुँदै ब्रह्मानन्द सहोदर’को अनुभूत गरी काव्याचार्यहरूले आत्मास्वादनलाई नै आनन्द मानेका तथ्यहरू भेटिन्छन् ।साहित्यमा चार प्रमुख विधाहरूमा कविता , नाटक , निबन्ध आख्यानहरू पर्दछन् । साहित्यकारले रुचि अनुकूल विधा तय गर्दछ ।

मैले यो टिप्पणीपरक लेखमा निबन्धको अत्यन्त सङ्क्षेपमा सतही चर्चा गर्नेछु । सन्दर्भ जोडेर भनौं- ‘पोखराथोक साहित्य सङ्गम पाल्पाले एउटा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो’ र संयोगले आदरणीय गुरु डिल्लीराज अर्यालसँग साक्षात्कार हुने अवसर पाउँदै गर्दा मैले उहाँको व्यङ्ग्य सङ्ग्रह ‘टोलटोलमा राजा’ (निबन्ध २०७८) उपहारस्वरूप पाएको थिएँ । यतिखेर म सोही कृति पढ्दै छु र आफू खासै समालोचक नभए पनि हल्का विचार पोख्ने पाठकीय सोच बनाउँदै छु । उहाँले एकदर्जन जति निम्न पद्य र गद्यका कृतिहरू नेपाली साहित्यको मन्दिरमा अर्पण गरिसक्नुभएको छ ।

क, पद्यात्मक कृतिहरू : ‘नेपालमै जान्छु म (२०३४), सरिता (२०४५), ठुले राई (२०६०), भन्नै पर्यो सुन्नै पर्यो (२०६०), धर्मयुद्ध (२०६४), त्रासदी (२०६८, डहरे (२०७४) । ख, गद्यात्मक कृतिहरू : रहस्य (२०४७), रातमा सूर्य दिनमा तारा (२०५७), घोल्कीमा बस्ने रहर (२०६१), झलझली आँखामा (२०६८) , टोलटोलमा राजा (२०७८) आदि चर्चित कृतिहरू छन् । उहाँको सम्पादनमा ‘डाँडाकाँडा हेर्ने रहर’ (२०७६) पृथक् शैलीमा देखिन्छ ।

आजको खबर मिडिया प्रालिद्वारा प्रकाशित यस कृतिमा डिल्लीरमण सुवेदीको प्रकाशकीय र बाह्यावरणमा प्राज्ञ विष्णु प्रभातको शुभकामना मन्तव्य रहेको छ । स्वयं कृतिकारले पनि ‘कसले सुन्छ र सुनाउनु यस्ता कुरा’ भन्दै गुनासाका व्यङ्ग्यले सुरुमै पाठकको मन तान्नुहुन्छ र मनग्गे व्यङ्ग्यको प्रहार गरी लेखिएका सोह्रवटै निबन्धहरू नपढी चैनसित बस्न सकिदैन । …अनि भन्न मन लाग्छ ‘तब न गुरुको व्यङ्ग्यको झटारो ! लेखनीको जादुमय चमत्कार !

देशमा विद्यमान विद्रूप र विश्रृङ्खलित राजनीतिक-पर्यावरण, बढ्दो विकृति विसङ्गतिजन्य सामाजिक परिवेश, आडम्बरयुक्त जीवनशैली, दिशाहीन विकृत राजनीतिक तुवाँलोले व्याप्त सेरोफेरो र गाउँबाट शहर, शहरबाट विदेशतिरको निर्गमनका चापजस्ता वस्तुविन्यासले युक्त दिनोत्तर खस्किंदो नेपाली मनोविज्ञानको टिठ लाग्दो चित्रको वास्तविकता नै टोलटोलमा राजा हुनुको बिगबिगीले काम गरिरहेझैं लाग्दछ । यिनै समसामयिक वस्तुविन्यासमा अवलम्बित शीर्षकको चयनबाट ‘अब सम्धीहरूको पालो’ मा नातावादले नराम्ररी जरा गाड्दै गएको र छोरा-बुहारी, ज्वाइँ-छोरी, भान्जा-भान्जी, मामा-माइजूबाट बढेर सम्धी-सम्धिनीतिर फैली सकेको नातावादजन्य सङ्क्रामक रोगले राजनेताहरू पीडित रहेको तथ्यप्रति व्यङ्ग्य लक्षित छ ।

‘अर्थमन्त्रीको प्रस्ताव’ मा पार्टीको क्षमतावान भन्दा पनि आफ्ना झोलेहरूमा मन्त्रीपद बाँडिने शृङ्खला बढ्दो छ । ‘आयो ! आयो ! आयो !’ मा ‘के आयो ?’ कुरै नबुझी कागको पछि दगुर्नेहरूले नै ‘खालि भत्कियो, बिग्रियो मात्र’ एकोहोरो अलाप्दै ‘गाईजात्रदेखि टायर जात्रासम्म’ कुँदिरहने घातक राजनीतिक विदूषकहरूबाट प्रताडिनुपरेको यथार्थलाई व्यङ्ग्यले उजागर गरेको छ ।‌ ‘जाबो दरबार, भान्छे, पियनको दरबार’ भित्रबाट ‘परमादेशको खोजीमा’ रहनु आजका नागरिकले ‘पर्खनु हाम्रो धर्म’ भन्दै कहिले प्रजातन्त्रको त कहिले नयाँ नेपालको पर्खाइझैं अगुवाहरूको पर्खाइमा कालक्षेप गर्नुपर्दाका पीडाहरूलाई उक्काउँदै ‘बारी खेत पनि टाल्न सकियो भने !’ गरिबी, अभाव, जातीयता र वर्गीयताका प्वालहरू सहजै टाल्न सकिने तथ्यले ‘म त हाँसेको हाँस्यै’, ‘म पनि क्रान्ति गर्छु’ भन्दै जनतालाई झुक्याउँदै राष्ट्रिय ढुकुटी रित्याउँदै ‘यही हो मेरो आइडिया’ भनी सत्तालिप्सुहरूबाट देश टाट पल्टिसकेको बिम्ब-चित्रमय व्यङ्ग्य-बिस्कुन अवलोकन गर्न सकिन्छ ।

यत्रो सङ्घर्ष गरेर गणतन्त्र ल्याए पछि गाउँ-गाउँमा राजधानी र टोलटोलमा राजा नभए आन्दोलनको के अर्थ, वलिदानको के औचित्य ? ‘यो जाली कि त्यो जाली …?’ को जोखनामा ‘विधि पद्धति र नेताजी’ को चक्रव्यूहमा’ समाजवादको मूल मर्म’ परेझैं ‘समास भन्दा विग्रह जाती ‘को सूत्र ‘विधानमा भए जाति नभए झन् जाति । समास गरे पछि विग्रह नगरी सुख मिल्छ र ? कारण समास भन्दा विग्रह जाति , मेलमिलाप भन्दा द्वन्द्व जाति अनि विकाश भन्दा विनाश जाति हुने लाक्षणिक व्यङ्ग्य- विग्रह र हास-परिहासबाट समाजमा धानिन, उक्सिन र फौसिन सहज हुँदैन र ? ! भनी समग्रमा देशको समसामयिक परिस्थिति र परिवेशप्रति गहिरो तर यथार्थ व्यङ्ग्य गरिएकाले कृति सुन्दर पठनीय बनेको छ । यति स्तरीय र उत्कृष्ट कृति उपहारस्वरूप दिनुहुने कृतिकारबाट फेरिफेरि पनि यस्तै कृति पढ्न पाइयोस् । यिनै शुभभाव राख्दै विश्राम लिन्छु । सर्वे भवन्तु सुखिन: …!

०००
रत्ननगर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x