साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपाङ्ग-दिवस

राजनीतिमा लतपतिएको दलगत बुख्याँचाको सिफारिसबिना क्षमताको मूल्याङ्कन-विरोधका कारणले नै देशभरिका छोरीहरूलाई लुला, कमजोर, अशक्त र अपाङ्ग बनाइरहेछ ।

Nepal Telecom ad

केशवराज आमोदी :

यति ठुलो फ्रेमजस्तो बोकेर कता हो ? पिरतीले सोध्न नभ्याउँदै ‘कोकिलालाई उपहार दिऊँ भनेर जान लाग्या’ कुसुमाले जवाफ दिएर अगाडि बढी ।

विवाह-घरतिर जान आइरहेकी मनुजा पनि कुसुमासँगै कोकिलाको घरतिर लागी ।मनुजाले भनी- ” प्रकृतिबाटै अपाङ्ग भएर जन्मनु बेगलै कुरा हो तर यहाँ त कतिपय बाबु-आमाले नै जानाजान छोरीहरूलाई अपाङ्ग बनाउँछन् ।”

‘कसरी नि ?’

‘लौ के अबुझ भएकी होली । लु हेर न !’

कोकिला पाँच कक्षादेखि बाह्रौ कक्षासम्म आउँदा सबै तहमा विद्यालय सर्वप्रथम हुँदै आएकी थिई । उच्चतहका परीक्षामा पनि विशिष्ट श्रेणी कायम गरेकी थिई । ऊ सम्प्रति मनोविज्ञानमा विद्यावारिधि गर्दै थिई । आफ्नै खुट्टामा उभिएर देश र जनताका लागि केही गर्ने सोच बनाउँदै थिई हठात् अपाङ्ग बनाई ।
के प्रमाण छ ?

“धनसम्पति , पदपावर र दलको दरो नेता हो भन्दै दाइजोले ठेली शैक्षिक-तहमा ऊ भन्दा अति कमजोरलाई कन्या-दान दिनु एकप्रकारले अपाङ्ग बनाइनु नै हो, होइन र ?

जो स्वयम् सबल छ, सक्षम छ र हरतरहले योग्य छ उसलाई क्षमता प्रदर्शन गर्ने अवसर नदिनु बाबु-आमाका तर्फबाट बनाइनु एक खालको अपाङ्गता हो भने क्षमता प्रदर्शनको अवसर नदिनु अर्को प्रकारको अक्ष्यम्य अपराध हो । क्षमता प्रदर्शनको विरोध कसले गर्छ र ?

“जातीय विभाजनको समाजले , वर्गीयताको क्षुद्र चिन्तनले र आजको राजनीतिक पद्धतिले गरिराख्या छ । शिक्षित युवा-युवतीहरू विदेश पलायन हुनु यसैको उदाहरण हो । भन्छेस् भने दाइजो प्रथामात्र नभई राजनीतिमा लतपतिएको दलगत बुख्याँचाको सिफारिसबिना क्षमताको मूल्याङ्कन-विरोधका कारणले नै देशभरिका छोरीहरूलाई लुला, कमजोर, अशक्त र अपाङ्ग बनाइरहेछ ।”

कोकिलालाई दिन ल्याएको फ्रेमजस्तो उपहार त्यतै मिल्काएर सामान्य शुभकामना दिएर दुवै साथीहरू अपाङ्ग-दिवस मनाउन सभास्थलतिर हिंडे ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x