साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा…

गङ्गाकै पनि मूल हुन् प्रकृति हुन् छन् कीर्ति फैलाउँदै पार्छिन् कञ्चन स्वार्थ कल्मषहरू आफै पखाल्दै हुँदै चर्को ताप खपेर बाफ बनिंदै त्यै ताप सेलाउँदै आमा लाग्दछ काखमा हिमनदी पाहाड खेलाउँदै ।

Nepal Telecom ad

डा. रमेश शुभेच्छु :

आमा हुन् जल जो भिजाउन जरा आफू भने सुक्तछिन्
आफू नै बिरुवानिमित्त सकिंदै हुर्कोस् बढोस् भन्दछिन्
धर्ती तात्तछ जम्दछिन् हिउँ स्वयं रक्षा उनै गर्दछिन्
धर्ती सुक्तछ बर्सिई सललली गङ्गा बनी बग्दछिन् ।

हुर्कोस् यो बिरुवा उँभोतिर भनी झर्छिन् स्वयं मुन्तिर
बन्छन् सागर फेरि बाफ बनिंदै उड्छिन् स्वयं मास्तिर
रुन्छिन् भूमि सुखा भए धरधरी वर्षा बनी झर्दछिन्
धर्तीका विरुवा बने हरितिमा आमा स्वयं हाँस्तछिन् ।

आमा नै जलविम्ब विम्बबिचमा आमा सफा शुद्ध छिन्
सङलो पावन पुण्यका परिधिमा घुम्दै उनी बाँच्दछिन्
ग‌ङ्गा मैं सब दाग कल्मषहरू आफै सफा गर्दछिन्
सम्हाली घर माइती कुल स्वयं हाँसीखुसी बाँच्दछिन् ।

विद्युत् शक्ति छ भित्र भित्र गहिरो पानी छ हेर्दा छवि
ढुङ्गा फोर्नु परे नि धार छ त्यहीँ शोषिन्छ सि‌ङ्गो रवि
तिर्खानिम्ति बनेर पेय रसिलो बाँड्छिन् उनै शीतल
मैला फाल्न बगेर सागर स्वयं निल्छिन् उनी कल्मष ।

पानीमा जति रूप विम्बित भए त्यै रूप आमासँग
छायामा कति रूप चित्रित भए आकाश आमासँग
धर्तीका बहुरूप विम्ब उपमा दाँजिन्न आमासँग
तारामण्डलका सफा रडहरू जाँचिन्न आमासँग ।

गङ्गाकै पनि मूल हुन् प्रकृति हुन् छन् कीर्ति फैलाउँदै
पार्छिन् कञ्चन स्वार्थ कल्मषहरू आफै पखाल्दै हुँदै
चर्को ताप खपेर बाफ बनिंदै त्यै ताप सेलाउँदै
आमा लाग्दछ काखमा हिमनदी पाहाड खेलाउँदै ।

न्यानो बाँड्न रुवा उठेर कहिल्यै छोप्ला र प्राणी कतै ?
आमाको समसाथ काख नमिले छोपिन्न लज्जा कुनै
आमाका कर पाकशिल्प नमिसे त्यो अन्नको ओज खै
आमाको ममता प्रशासनविना छाना घुरी ओत खै ?

खाना होस् न अघाउँजी सँगसँगै नाना र छाना पनि
आमाको ममताविना दिल खुली हाँस्तैन छानामनि
चाहिन्नन् घर सुत्न मस्तसँगले लोटिन्छ तारामनि
मात्रै सूचन मिल्नुपर्दछ त्यहाँ छन् साथ आमा भनी ।

आमाको मधुस्नेह मुक्त छ भने विदेशको वास हो
आमा प्रेमविना छ कर्कश भने त्यो भीर आरण्य हो
मायाकै उपमा र रूपकविना के अर्थ आवासको
आमा मात्र भए सबै पुगिसरी सर्वोच्च विश्वासको ।

०००
मातातीर्थ औंसी २०६७
आमा… (कवितावली) २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x