साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय वासुदेव बाजे

बन्धुका नाताले म सधैँ उनले देखाएको शिक्षा, चेतना, सिर्जना र कृतिउजागर गर्ने कामममा लागिरहन सकूँ । बाजेको आशीर्वाद मिलिरहोस् । बाजेको सत्कर्म नेपाली समाज र त्यसमा पनि शिक्षा, साहित्य र समग्र वाङ्मयिक जगत्ले सम्झिइरहोस् । जय बासुदेव बाजे ।

Nepal Telecom ad

डा. रमेश शुभेच्छु :

म काठमाडौँ छिर्दा मेरा कोही थिएनन् । आफन्त पनि थिएनन् बन्धु पनि थिएनन् । किताबबाट चिनेका वासुदेव लुइटेल, पत्राचार र रेडियोबाट चिनेका लुइटेल बन्धु नरनाथ लुइटेल यी दुई पात्रमात्रै थिए । वासुदेव लुइटेललाई इलाममा केशबहादुर राईका किताबमा पढेको थिएँ । नरनाथ लुइटेललाई घटना र विचार कार्यक्रममा मनमोहन बाजेका पालामा रेडियो नेपालमा सुनेको थिएँ । मलाई लागेको थियो यिनीहरू बाबु छोरा वा दाजुभाइ होलान् । पछि थाहा भो अरु अरु नै रहेछन् । थर मात्र मिल्दो रहेछ । भेटेपछि थाहा भो न वासुदेव र नरनाथ एकै हाँगो न हरिगोविन्द र योगप्रसाद एकै हाँगो । न खगेन्द्रप्रसाद लुइटेल एकै हाँगो । न उनीहरू सबै र म एकै हाँगो । हामी तिनचारतिरका लुइटेल रहेछौँ ।

मैले चिनेका अरु मान्छेमा मेरा बाहुन दाइ, राजा वीरेन्द्र, राजेन्द्र सुवेदी पनि थिए । तर उनीहरू कता थिए पत्तो थिएन । राजेन्द्र सुवेदी कीर्तिपुरको कक्षामा भेटिए । राजा रानी कतै भेटिएनन् । पहिले नै स्वर्गे भए । चिनेकामध्ये बासुदेव बाबैले बन्धुका नाताले दशैँको टिका लगाइदिए ।

२०५९ साल फागुनमा काठमाडौँ छिरेपछि म दशैँ मान्न पनि घर गइनँ । घरबाट बाले दशैँमा चाहिँ घर आउनु है भनेर चिठी पठाएँ पनि टेरिँन । किन कि म इलामबाट एम ए पढ्न आउँदा थुप्रो कोर्स छुटेको थियो । मलाई त्यो छुटेको र अरु पनि केके केके खुब पढ्नु थियो, केही गर्नु थियो । आफ्ना बन्धुबान्धव चिन्नु थियो । साथीभाइ चिन्नु थियो । अग्रजहरू चिन्नु थियो । अरु त अरु किनेका होइन, जोडेका होइन कीर्तिपुरको पुस्तकालय पढिसक्नु थियो । त्यसै उत्साहका बिच मेरा बन्धु नरनाथ लुइटेल भेटिएका थिए । उनका घरमा मात्र कीर्तिपुरबाट सय फेर धाएँ होला । उनले भेला पारेका सबै किताब पढेँ होला । त्यस क्रममा वासुदेव लुइटेलका किताब पनि फेला परे । उनका विषयमा चर्चा चले । साठी सालको दशैँका टीकाका दिन नरनाथ र म दुवै बासुदेव बाबैका घरमा गयौँ ।

मैले बाबैलाई कल्पना गरे भन्दा अलि बढी बुढा भइसकेका रहेछन् । बस्ता ज्यान भन्दा घुँडा अग्ला देखिन थालेका रहेछन् । बाबै रुखा तर दयालु लागे । तालु खुइलिएका दुब्ला पातला तर अनुहारमा तेज भएका । बोलीमा दम भएका । ठट्यौलो र रुखो जस्तो बोल्ने तर हरेक शब्द अर्थपूणर् पाइने । बाजेले नरनाथलाई पहिला र त्यसपछि मलाई टीका लगाइदिए । फलफूल र मिठाइहरू खान दिए । उनी त्यस बेला एक्लो बुढो थिए । बजै साथमा थिइनन् । बुहारी र छोराका हेरचाहमा थिए । विद्यादेव दाइ डाक्टरी पेसामा व्यस्त । बाजेले पारिवारिक अवस्था बारे पनि बताए । आफ्नो अवस्थाबारे पनि बताए । मेराबारे पनि सोधीखोजी गरे । मैले उपहार दिएका किताब प्रेमपूर्वक राखे । मलाई उनका र अरुका पनि एक झोला किताब दिए । ती किताब बोकेर कीर्तिपुरका डेरामा पुगेर प्रेमपूर्वक सुमसुम्याएँ । बुढा मान्छेलाई जीवनीमा पढिसकेको हुँदा साक्षात भेटको आनन्दसँगै उनका चिठीचपेटा र अरु सबै सामग्री पढेँ । मलाई उनी अजीवका मानिस लागे ।

उनको जीवन आफैमा अनौठो थियो । भेटता पनि अनौठा लागे । उनले समाजलाई, पेसालाई र जीवनलाई नै व्यङ्ग्य गरेर बाँचेका रहेछन् । उनको नाम नै भूतको भिनाजु । उनका यस्ता अरु नाम कति कति । उनका काम पनि कति कति । शिक्षकको जागिर छोडेका दिन साथीभाइ बोलाएर भोज खुवाउने मान्छे । मदन पुरस्कार गुठीको जागिर छोडेका दिन आफ्ना नाममा त्यो भन्दा ठुलो पुरस्कार स्थापना गर्ने मान्छे । मान्छेलाई किताब किनेर बाँढ्ने, जसलाई भेट्यो उसलाई नाम राख्ने, पहिला पहिला जोसँग पनि फोटो खिचेर उपहार दिने रमाइला पनि, फस्र्याइला पनि त्यस्ता मानिसलाई पाँच सात चोटि कहिले उनले बोलाएर कहिले आफूलाई भेट्न मनलागेर भेट्न गाइरहेँ ।

उनी सादा जीवन उच्च विचारका धरोहर थिए । भाषा वाङ्मयका क्षेत्रका एकलब्य थिए । मास्टर पेसा गरेर छोराछोरी बुहारी सबैलाई डाक्टर बनाएका थिए । निष्ठाको जीवन बाँचेका थिए । आफ्नो निष्ठाबाट कतै विचलित नबनी सुकिलो जीवन बाँचेका थिए । ती बाजेलाई आज पनि सम्झँदा श्रद्धा लागेर आउँछ । उनकाबारे यसपूर्व केही लेखिसकेको छु । अझै पनि लेख्नु छ । उनले सबैलाई नाम दिए जस्तै मलाई पनि एउटा नाम दिएका थिए । त्यो नाम राख्नु छ । उनले दिएको नाम गोप्य नै थियो वा साहित्य क्षेत्रमा प्रयोगमा आएको थिएन । आज उनकै स्मृति दिवसका दिन उनले दिएको नाम पनि सार्वजनिक गरिदिन्छुः सरभरि लुइटेल । यो नाम सुनेर लाज पनि लागेर लुकाइरहेके थिएँ । आज यसका ज्योतिषीकै स्मृति दिवस पारेर सार्वजनिक गरेको छु । उनले दिएको नाम मैले चलाइनँ लेखहरूमा छापिनँ । नरनाथ त्यस बेला ब्रह्म खोलेर हाँसेका थिए उनले सम्झिएका छन् कि बिर्सिए तर मैले बुढाबाट राम्रै नाम पएँ । पहाडमा हुर्किएको मान्छे उनको नामअनुसारको मिठाइ खाएको अनुभव पनि थिएन । पछि खाखा मिठै पनि लाग्यो तर नाम केटीको जस्तो लागेर कसैलाई नभनी लुकाएँ । अब त्यो लाज लाग्ने उमेर गएर होला बाकैलाई सम्झँदै सार्वजनिक गरिदिएँ । अब सकैले रसभरि शुभेच्छु भन्छ भने पनि भनोस् । रसभरि लुइटेल भन्छ भने पनि भनोस् । यो मेरो प्रिय क्षेत्र साहित्य क्षेत्रका र बन्धु वर्गका अग्रजले दिएको नाम हो । यो नामको प्रयोग नगरेर आशीर्वादबाट बञ्चित भएको भए अब त्यो आशीर्वादको खोलो मेरै बारीमा फर्कियोस् ।

आज बासुदेव बाजेको स्मृति दिवस हो । म उनलाई पढेका भेटेका दिनदेखि मलामी जाँदाका दिनसम्म सम्झिइरहन्छु । अरु धेरै गनथन नगरी उनका प्रति श्रद्धाञ्जली अर्पण गर्छु । उनले दशैँको टिका लगाएर आशीर्वाद दिएको केटो । यो केटो पढ्छ ठानेर पुस्तक दान दिएको केटो । बन्धुका नाताले म सधैँ उनले देखाएको शिक्षा, चेतना, सिर्जना र कृतिउजागर गर्ने कामममा लागिरहन सकूँ । बाजेको आशीर्वाद मिलिरहोस् । बाजेको सत्कर्म नेपाली समाज र त्यसमा पनि शिक्षा, साहित्य र समग्र वाङ्मयिक जगत्ले सम्झिइरहोस् । जय बासुदेव बाजे ।

०००
पाँचथर, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x