होम सुवेदीठोक्तक कवित्त
चोरका खन्तीलाई मुक्काले ठोक् भ्रष्टको जेल आजै तोक् ठोक् ठोक् ठोक् झोलेलाई ठोक् ठोक् ठोक् ठोक् झोलेलाई ठोक् ।

हाेम सुवेदी :
ठोक् ठोक् ठोक्
झोलेलाई ठोक्
लम्पटलाई ठोक्
दलेलाई ठोक्
चोरका खन्तीलाई
मुक्काले ठोक्
लात्तले ठोक्
घुस्साले ठोक्
घुसिया चोरलाई
अन् द स्पट ठोक्
बजियाका जिउ भरी
घुस खाने भोक्
कति क्विन्टल रहेछ
धर्मकाँटामा जोख्
ठोक् ठोक् ठोक्
भातमारालाई ठोक्
घुस्याहाई ठोक्
भुसियालाई ठोक्
चुतियालाई ठोक्
हरामीलाई ठोक्
देशमारालाई ठोक्
बजियालाई ठोक्
जहाँ जहाँ भेट्छस्
त्यहीँ त्यहीँ ठोक्
देशमाराको भारी
धेर भो नबोक् ।
अपरेसन लङ्गडा आजैबाट थाल्
भ्रष्टका अगाडि बन् महाकाल
फैलियो धेरै भ्रष्टको जाल
सारै पकायो मासको दाल
लौ न पाउ चाल्
घुस खान्छ गनेर छाल
चोरलाई ढाल्
यस्ता भ्रष्टलाई भो नपाल्
जतासुकै काड्छ यसले राल
चोरका खन्तीलाई जेलमा हाल्
भो भो भो
धेर नबोक्
केही नखोक्
ठोक् ठोक् ठोक्
झोलेलाई ठोक्
लम्पटलाई ठोक्
दलेलाई ठोक्
चोरका खन्तीलाई
मुक्काले ठोक्
भ्रष्टको जेल आजै तोक्
ठोक् ठोक् ठोक्
झोलेलाई ठोक्
ठोक् ठोक् ठोक्
झोलेलाई ठोक् ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































