साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसारको सबैभन्दा पवित्र सम्बोधन ‘आमा’

आमाको विषयमा लेख्नु पनि सजिलो छैन।आमाको महिमा अपार छ, आमा बास्तवमै महान् छिन् र उनले सन्तानको लागि गरेको त्याग र तपस्याको कुनै सीमा नै छैन।

Nepal Telecom ad

दिवस खनिया :

मातृदेवो भवः।
पितृदेवो भवः।।
आचार्यदेवो भवः।।।
’जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
’कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । दश उपाध्यायहरू भन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन् भनेर हाम्रा धर्मशास्त्रहरूले भन्दै र मान्दै आएका छन्।आज वैशाख कृष्णपक्षको औंसी, आमाको मुख हेर्ने दिन, मातृ औंसी, मातृ दिवस अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ। यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ।

आज आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन आमा । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द आमा । अनि पल पलमा संझना आउने, सुख, दुखमा झझल्को आउने एउटा अनुहार आमा ष्टिकी सर्जक आमा । हरेक मानिसको जीवनको सुरुवात आमाको कठिन साधनापछि मात्रै सम्भव छ। नौ महिनासम्म आफ्नो कोखमा राखेर जटिल प्रसव पीडा सहेर पनि सन्तानलाई यस धर्तीमा जन्म दिने महान् देवी हुन् आमा ।

त्यति मात्र नभएर जन्म दिइसकेपछि पनि आफ्ना दश धारा दूध ख्वाएर आफ्नो दुःख, पीडालाई छिचोल्दै सन्तानकै पालन पोषणमा सदा समर्पित हुन्छिन् आमा । आमा ममताकी खानी हुन् र आफ्ना सन्तानप्रतिको उनको माया निस्वार्थ हुन्छ । आफूले केही फाइदा नचाहेर यदि कसैले अरुको लागि गर्छ भने त्यो मात्र आमाको व्यवहार हो, अन्यथा आजका हरेक व्यक्तिमा हामी स्वार्थ लुकेको देख्न सक्छौँ। सन्तानका लागि आमा विश्वासकी पात्र समेत हुन् । व्यक्तिको पहिचानमा जसले जस्तो दृष्टिकोण राखे तापनि उसको वास्तविक पहिचान केबल आमाले मात्र गर्न सक्छिन्, किनकि अन्यको नियत स्वार्थमुक्त हुन सक्दैन र सोही अनुसारको दृष्टिकोणले सही पहिचान हुन सक्दैन।

“आमा” भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ। गरिमा भनेको गौरव तथा महत्व हो।आमा हुनुपूर्व छोरीको रूपमा जन्म लिन्छिन्। छोरीको रूपमा रहँदा बस्दा “आमा” कै काखमा बसेर बुवासँगको लाड प्यारमा असीमित माया ममताभित्र आदर सम्मान प्रदान गर्दै दाजुभाइको समेत स्नेह र प्रेमको वातावरणमा रहेर बावु आमाको साथमा हुर्कर्दै र मौलाउँदै व्यवहारिक शिक्षा ग्रहण गर्दछिन्। यो अवस्था भनेको १४/१५ वर्षसम्मको उमेर हुन्छ। यो अवधिमा २ अवस्था पार गर्दा छोरी र दिदी÷बहिनी को कार्यभार एवं कर्तव्यलाई निभाएकी हुन्छिन्। “घर नै पाठ्यशाला हो” भन्ने भनाई साकार पार्दै आफ्नो घरमा पनि अनुशासन एवं कर्तव्य पालनाको पाठ सिकेकी हुन्छिन्। साथै स्कुल तथा क्याम्पसको पर्ढाईमा पनि अहिलेका छोरीहरू व्यस्त रहेका हुन्छन्। अनि क्याम्पसमा पनि छात्र, छात्रा प्रतिस्पर्धामा परेका हुन्छन्।

आफ्नो २०/२२ वर्षे नौ जवानीको यात्रा शुरु हुँदा वैवाहिक सम्बन्धको चर्चा परिचर्चाले सताउन थाल्दछ। यो उमेर अति नै चञ्चल एवं तनावग्रस्त पनि हुन्छन्। छोरीको यो उमेरमा बावु आमा पनि त्यतिनै चिन्तित हुन पुग्दछन्। हाम्रो समाजले प्रेम विवाहलाई अझै मान्यता प्रदान गरेको छैन। तर पश्चिमी समाजमा भने त्यहाँको विकसित सभ्यताले भनौं अथवा ऐन कानुनले पनि युवा युवतीको उमेर पुगेपछि बावु आमा संग पनि संगै नबस्ने छुट प्रदान गरि सकेका हुनाले प्रेम विवाहलाई नै स्वीकारेका छन्। तथापी ती मुलुकमा पनि युवा युवतीमा पूर्ण सन्तोष भने देखिएको छैन। किनभने प्रेम विवाहमा पनि पटक–पटक छोडपत्र द्वारा संबन्धहरु फेरबदल भै रहेको छ। यस्तो पारिवारिक जीवन पूर्ण सन्तोषमा हुन्छ भन्न सकिँदैन। तर पनि यो अन्य देशको कुरा आफ्नै ठाउँमा छ । हाम्रो देशमा भर्खर भर्खर शहरिया जीवनमा प्रवेश गरेर केही शिक्षा हाँसिल गरेका युवा युवतीमा प्रेम विवाहको शुरुवात भए पनि नेपाली समाजले पूर्ण रूपमा स्वीकार गरि सकेको छ भन्न सकिंदैन। तर यो लेखको विषय यो हैन। तथापी सन्दर्भले गर्दा यो कुरा उठेको मात्र हो।

आजको यस लेखको सन्दर्भ नै “आमा” र “आमाको महिमा” हो र आमाको विषयमा लेख्नु पनि सजिलो छैन।आमाको महिमा अपार छ, आमा बास्तवमै महान् छिन् र उनले सन्तानको लागि गरेको त्याग र तपस्याको कुनै सीमा नै छैन। जति नै दुःख गरे तापनि आमाको त्यो गुण कहिल्यै चुकाउन सकिदैन। सन्तानले आमाको महत्व बुझेर यदि केही गर्न चाहन्छ भने त्यो हो उनीहरुसँग असल व्यवहार गर्नु। आमालाई गुण तिर्ने भन्दैमा उनले आफ्नो लागि गरेको दुःख, पीडा अनि कठोर साधना उनको लागि दोहार्याउन त संभव हुँदैन तर उनीसँग असल व्यवहार गरी सन्तुष्ट पार्नु हरेक सन्तानको कर्तव्य बन्दछ। हरेक आमाहरुको चाहना यही हुन्छ कि उनका सन्तानले उनलाई सधैँ माया गरिरहुन्, सम्भव भएसम्म उनीसँगै रहुन् र हरेक सुख–दुःखमा आमालाई पनि समेटुन् भन्ने ।

वास्तविकता भन्ने हो भने आमा सगरमाथा भन्दा अग्लि छन्। पृथ्वी भन्दा महान र विशाल छिन्। समुन्द्र भन्दा गहिरी छन्। आमा ईश्वरकी पनि आमा हुन्। आमा मायाको पोको हुन्। हृदयकी खानी हुन्। धैर्यताकी प्रतिमूर्ति हुन्। सहनशीलताकी पनि खानी हुन्। आमाको महिमा जति गाए पनि पुग्दैन किनभने आमाको उपमा नै छैन। त्यसैले फ्रान्सका राष्ट्रपति नेपोलियन बोनापार्टले भनेका थिए– “मलाई असल आमा देउ, असल आमाबाटै असल नागरिक हुन्छन्”। आमाको महिमा हरेक राष्ट्र र देशको अभिमतमा पनि महत्वपूर्ण भनाईहरू पाइन्छन्। तर आमा पनि आमा हुनुपर्छ र असल आमाबाट आमाका कर्तव्य तथा दायित्व पूरा हुन्छन्। अनि उनी सम्माननीय पुज्य एवं गौरवपूर्ण उच्च स्थानमा रहन्छिन्।

आमाको मन एकदमै उदार हुन्छ। सन्तानका हरेक गल्तीलाई माफी दिने विशेष थलो हो आमाको काख। सन्तानले जस्तोसुकै गल्ती या धोकेबाजी गरे तापनि यदि ऊ आमाको नजिक जान्छ र उनीसँग दुई बचन बोल्छ भने उनी प्रसन्न भइहाल्छिन् र सन्तानको जस्तोसुकै कमजोरी भए पनि उसलाई अपनाइ हाल्छिन्। यो महानता संसारका अरु कसैमा पाउन सकिदैन, यो गुण त केबल आमामा मात्र निहित हुन्छ। आमा नै त्यस्ति पात्र हुन् जसले आफूलाई नराम्रो गरे पनि, बेवास्ता गरे पनि, भनेको नमाने पनि सन्तानका लागि सधैँ भलो चिताइ रहन्छिन्। आफू अपहेलित भएर पनि सन्तानका लागि प्रायः आमाहरु मरिमेट्छन्। यही कारण आमालाई जगत जननी भनिन्छ। मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ। त्यसैले, महान सन्त होस् या खुँखार बदमाश, सन्तान आमाको सामु नतमस्तक हुन्छ ।

आमा दिवसले हरेक सन्तानलाई आफ्ना माता पिताप्रतिको दायित्व र उनीहरुको भावना बुझेर अगाडि बढ्न प्रेरणा मिलोस्। आमाहरुको दिन आज मात्र होइन हरेक दिन उत्सवमय बनोस्, कोही आमा पनि सन्तानको छहारीभन्दा टाढा हुनु नपरोस् आजको दिनमा म यही कामना गर्न चाहन्छु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x