साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छैन

जमिन भएर के गर्नु घरबारी छैन भमरा भएर के गर्नु फूलबारी छैन । मान्छे भनेर के गर्नु उसमा सास छैन सास भएर के गर्नु उसमा विश्वास छैन ।

Nepal Telecom ad

मरूभूमि नारायण :

रुख भएर के गर्नु उभिने जरा छैन
जंगल भएर के गर्नु उड्ने चरा छैन ।

खोला भएर के गर्नु पिउने पानी छैन
उमेर भएर के गर्नु फक्रेको जवानी छैन ।

भकारी भएर के गर्नु भकारीमा अन्न छैन
विकास भएर के गर्नु मान्छे सम्पन्न छैन ।

रहर भएर के गर्नु पूरा गर्ने सहर छैन
मान्छे भएर के गर्नु हेर्ने नजर छैन ।

खुकुरी भएर के गर्नु त्यसमा धार छैन
स्वास्नी भएर के गर्नु दुखद घरबार छैन ।

माटो भएर के गर्नु हिड्ने बाटो छैन
बाटो भएर के गर्नु छुटाउने दोबाटो छैन ।

लाज भएर के गर्नु लजाउने ठाउँ छैन
मादल भएर के गर्नु बजाउने ठाउँ छैन ।

हलो भएर के गर्नु जोत्ने ठाउँ छैन
घर भएर पो के गर्नु पोत्ने ठाउँ छैन ।

जमिन भएर के गर्नु घरबारी छैन
भमरा भएर के गर्नु फूलबारी छैन ।

मान्छे भनेर के गर्नु उसमा सास छैन
सास भएर के गर्नु उसमा विश्वास छैन ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x