मरुभूमि नारायणछैन
जमिन भएर के गर्नु घरबारी छैन भमरा भएर के गर्नु फूलबारी छैन । मान्छे भनेर के गर्नु उसमा सास छैन सास भएर के गर्नु उसमा विश्वास छैन ।

मरूभूमि नारायण :
रुख भएर के गर्नु उभिने जरा छैन
जंगल भएर के गर्नु उड्ने चरा छैन ।
खोला भएर के गर्नु पिउने पानी छैन
उमेर भएर के गर्नु फक्रेको जवानी छैन ।
भकारी भएर के गर्नु भकारीमा अन्न छैन
विकास भएर के गर्नु मान्छे सम्पन्न छैन ।
रहर भएर के गर्नु पूरा गर्ने सहर छैन
मान्छे भएर के गर्नु हेर्ने नजर छैन ।
खुकुरी भएर के गर्नु त्यसमा धार छैन
स्वास्नी भएर के गर्नु दुखद घरबार छैन ।
माटो भएर के गर्नु हिड्ने बाटो छैन
बाटो भएर के गर्नु छुटाउने दोबाटो छैन ।
लाज भएर के गर्नु लजाउने ठाउँ छैन
मादल भएर के गर्नु बजाउने ठाउँ छैन ।
हलो भएर के गर्नु जोत्ने ठाउँ छैन
घर भएर पो के गर्नु पोत्ने ठाउँ छैन ।
जमिन भएर के गर्नु घरबारी छैन
भमरा भएर के गर्नु फूलबारी छैन ।
मान्छे भनेर के गर्नु उसमा सास छैन
सास भएर के गर्नु उसमा विश्वास छैन ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest






































