साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध आश्रम बनुन् शिवालय

ए ! खराब मतिकाहरू गुन बन्नुपदर्छ सबै बुढो सुन ! ख्याल होस् सकलमा छ आलय वृद्ध आश्रम बनुन् शिवालय ।।

Nepal Telecom ad

कविराज घिमिरे :

मूर्ति हुन् करुणका प्रकाश यी
भाग्दछन् विनयले दुसाध ती
ज्ञानका शिखर हुन् महोदय
वृद्ध आश्रम बनुन् शिवालय ।। १

नाउँमात्र यिनका लिँदै कति
वृद्ध आश्रम बने भटाभटी
छैन लक्ष्य गतिलो छ संशय
वृद्ध आश्रम बनुन् शिवालय ।। २

वृद्धशक्ति बटुली रमाउने
छन् यहीँ कतिजना कमाउने
बन्द होस् शकुनिको सबै छल
वृद्ध आश्रम बनुन् शिवालय ।। ३

वृद्ध हुन् शिव महान् र पार्वती
राख्नुपर्छ घरमा छ के खती ?
फर्क फर्क अब ता स्व-आलय
वृद्ध आश्रम बनुन् शिवालय ।। ४

छन् त्यहाँ कतिजना विषादमा
पर्दछन् कतिजता विवादमा
खानलाउन यसै छ खाडल
वृद्ध आश्रम बनुन् शिवालय ।। ५

ए ! खराब मतिकाहरू गुन
बन्नुपदर्छ सबै बुढो सुन !
ख्याल होस् सकलमा छ आलय
वृद्ध आश्रम बनुन् शिवालय ।। ६

०००
(भक्तपुर बुढ्यौली साहित्य समाजमा अभ्यास )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x