साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ छ प्रतिशाेध ?

तुर्कीलाई भने छाँगाे राँगाे बाेकाे बनाउँदै पाँगाे माटाे बन्याे सुक्खा बजेटमा सुकाउँदै भाँजी हाले सकेसम्म बाँझीलाई गलाउन आलुकाे बिउ राेपेर गाेलभन्टा फलाउन ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

कर्मचारी न व्यापारी व्यभिचारी मिलापमा
चारभन्दा ठुलाे तीन पढाउँथे हिसाबमा
निल्नेभन्दा बढी घुट्का पचाउँछु भनी पिए
लिएँभन्दा दिएँ भन्ने राजनेता कहाँ थिए ?

प्रतिशाेध कहाँ हुन्छ ? गतिराेध जता भयाे
उता मुक्का दिनेलाई लात्ती लात्ती यता छ याे
बराबरी भयाे फच्या हैन अझै पुगेन कि
तेस्राे धुरा उठी भन्छ स्वाद अझै परेन नि !

उताबाट यता आए जुधाउन बजाउन
शल्यलाई टिपेजस्तै काैरवादि भजाउन
जेल कानुनले हाल्छ बाल्छ आगाे भने पनि
युद्ध हानुनले जित्छ नीति जत्रै रहे पनि

पाेहाेर हाे बुहारीले राेएकाे पिढीँमा बसी
बेचिदिइन् यसैपालि सासूकाे गतिलै खसी
उता पाेख्ने तिनै नै हुन् सयाैँ बट्टा किनी मसी
पाेखेका छन् यता आज आफ्नै अड्डी घुँडा धसी

चुड्की मार्ने पर्‍यो ठिक्क गति लेखकका पनि
प्रगतिशील रे व्याख्या अन्धआँखा हुँदा पनि
तिललाई भने फर्सी भाेगटे कागती बन्याे
साह्राे माटाे कहाँ खन्ने ढुङ्गा नै कमलाे भन्याे

तुर्कीलाई भने छाँगाे राँगाे बाेकाे बनाउँदै
पाँगाे माटाे बन्याे सुक्खा बजेटमा सुकाउँदै
भाँजी हाले सकेसम्म बाँझीलाई गलाउन
आलुकाे बिउ राेपेर गाेलभन्टा फलाउन

तिरस्कृत पुरस्कार आविष्कारकका भए
सारी पाठ हुने स्रष्टा विभूषित हुँदै गए
अत्याचार कहाँ छैन पुन: आराेपका कला
यतातर्फ सरेका छन् ट्यार्र ट्यार्र गरी गला ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x