साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी बहुमत ल्याउँछाैँ

सानाे गाँस भुँडी घ्याम्पे राप्रपा छु कठैबर ! घर झिँगटीले छाए चाहियाे किन पाे खर ? माटाे बत्ती बने कत्ति यताउता जताततै नेपाल देश हाे साझा सबैमा छ सलाम है !

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

काङ्ग्रेस :
खायाैँ कत्ति बनी ठालु छाड्दे विकासकाे कथा
चुनावमा जिती हाल्छाैँ हामीमै छ सधैँ मजा
सात साले ठुला भाले भन्या बाले विपी भनी
भजेका छन् अझैसम्म किन डग्थे यहाँ यिनी ।

एमाले :
राष्ट्रवादी अरू काे छ प्रगतिशील कर्ममा
तलमाथि मिली खाने डेग चल्दैन धर्ममा
चाेथालेसाथ गाेठाले खुसखुसे चिँचीँ मुसे
धेरैतिर यिनी नै छन् मरन्च्याँसे घुसे टुसे ।

नेकपा :
मानवता भनी युद्ध थाेरै-थाेरै विकासमा
जुल्फी काेरी हिराे बन्दा घटेका छाैँ निकासमा
क्रान्ति माओ हटे सारा केपी शेर मिलाउँदा
घट्याे बिस्कुन जाे आफै सुकाउँदा भिजाउँदा ।

रास्वपा :
खाए ग्वाम्मै पुरानाले जेलमा थुन्नु पर्दछ
नारा भुट्ने सके लुट्ने ऐतिहासिक बन्दछ
मेरी बन्न तिमी आए दिन्छु तारा टिपी प्रिया !
फल आकाशकाे ताक्ने भइँतिर छरी बियाँ ।

अन्य :
सानाे गाँस भुँडी घ्याम्पे राप्रपा छु कठैबर !
घर झिँगटीले छाए चाहियाे किन पाे खर ?
माटाे बत्ती बने कत्ति यताउता जताततै
नेपाल देश हाे साझा सबैमा छ सलाम है !

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
अमेरिकी जासुस

अमेरिकी जासुस

चन्द्रप्रसाद न्याैपाने
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x