साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुरो कुरो !

गार्गी, सेल्फी लिन। खीरहरणपछि यात्रीहरू जङ्गल सफारीतिर। "यो जोगी,अराजक फेसबुके भए पनि बेइमान र अहङ्कारी होइन हौ साथी हो!कति सरल व्यवहार !" लक्ष्मीकान्त।

Nepal Telecom ad

धनराज गिरी :

घामभन्दा पहिले उठेर प्रोफेसर “हिमालेन्द्रराज आशुतोष भवानीशङ्कर कल्पनोपाध्याय सौराहाश्री” त्यो उज्यालो” झाल्पाली “अनुजको लेख पढ्दैथियो, अपरिचित अनुहारहरूको बारेमा। उता क्याम्पसबाट फोन आयो” खडानन्द पौडेलको “यता छोरी अम्बिकाको निम्तो, बद्रीधाममा ! मनमा आमा समान भाभीश्री” भवानी ढकाल रिजालको “चिन्ता। “प्रणाम सगरमाथा” भनी आफ्नो मनलाई पदमपुर पुर्यायो, छालबाटो हुँदै । एक्काइस फागुन,एक विम्ब, एक प्रतीक, उता उज्यालो झापा,दमकको चमक, पर्याश्री।

सोच्यो प्रोफेसरले, “आज कस्तो लघुकथा लेख्ने होला?” हिजो मितवा प्रोफेसर “फुक्काफालनारायण पशुपति महेशकुमार घिमिरे सिसासश्री मनानन्द गिरोपाध्यायले भनेको सम्झियो, “सहयोगी बेइमान ठीक कि असहयोगी इमानदार ? सुन्दर मिथ्या ठीक कि कुरूप सत्य ? उसले इमानदारीपूर्वक बेइमानी गर्यो।”

“ह्या, यो मितवा पनि प्रोफेसर जगमोहन आजाद झुवानीश्री पदमपुरेभन्दा पनि अराजक,के के सोचेको होला ? अति सोच, बौद्धिकताको ओभर डोज! नफरत र मोहबत उही सिक्काको जोर पाटा अरे ! के के के के !”

“काकु,नमस्कार !” “दाजु,नमस्कार !” “हे पाखखण्ड पुराणका जनक,चल्यो सनक, दियो दनक, लुटायो कनक, पाल्पाली गोपी दाइ, नमन “आम्मै, तीन हिमाल, मानक सर्जकहरू, अचानक ! “आहा,नमन,नमन! जय हो “प वर्ग” मेरा अजीज, वेलकम !आज खीरालय पवित्र भयो। “प्रोफेसरले स्वागत गर्यो। “गार्गी, रुद्र र अब्दूल कलाम लक्ष्मीकान्त हिमालोपाध्याय ।”

“दाइ, चुरो कुरो बुझ्न हिंडेको। रूप होइन सार खोज्न आएको। हात्तीसार होइन, गुदी कुरा, यो देशको समस्याको जड के हो? “लक्ष्मीकान्त,जेठो, केमेस्ट्री ९६।” आम्मै,कति गम्भीर प्रश्न,यो सतहीराजसित ! “गाह्रो छ।” प्रोफेसर ।
“होइन दाइ,हजुर, ए ए तपाईं फेसबुकमा जे देखिनुहुन्छ,त्यो होइन, कदापि होइन। भित्री गम्भीर, शोलेको ठाकुर ! दाजुको विचार चाहिन्छ। “लक्ष्मीकान्त।” हो काकु, अब सबै क्लियर, हजुर निर्मल विमल कञ्चन ! “रुद्र, रमाकान्त ।

“हा हा हा, ईश्वर के घर में देर है अन्धेर नहीं रे मणिपुरे ब्ल्याक डाइमण्ड! अब यो जोगीको बौद्धिक दीवालियापन थाहा पाउन मन भए, “चुरो कुरो “सुन” धनसित मानवता, रूप र जवानीसित अनुशासन र मर्यादा, शक्तिसित विवेक र ज्ञानी, सुमेधासित सरलता नभएमा नौसाद र साहिर विनाको रफी र विनोदीविनाको छन्द कविता, बूँद राना र प्रदीप रोदनविनाको नेपाली गजलजस्तै हो। विवेक विवेक विवेक र इमान ! अनि, मेरिटोक्रेसी ! बस्, यत्ति हो नेपाली समाजले खोजेको ! अरू त अब समझदार आफन्तहरूलाई के भन्नुपर्यो।”

“खीर पाक्यो !” प्रोफेसरनी, अजेया योगिनी खुशी।
“आहा, मेरी भाउजू !” गार्गी, सेल्फी लिन। खीरहरणपछि यात्रीहरू जङ्गल सफारीतिर। “यो जोगी,अराजक फेसबुके भए पनि बेइमान र अहङ्कारी होइन हौ साथी हो!कति सरल व्यवहार !” लक्ष्मीकान्त।
“पक्कै ! पाप लाग्छ काकुको बारेमा नकारात्मक सोच्दा!” रुद्र।

“सदर,परिबन्धमा परे दाजु !” शुक्रकान्ता, गार्गी। “चुरो कुरो यही हो,परिबन्ध !” लक्ष्मीकान्त। टोली,अर्को दिन राजधानी फर्कियो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x