साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के ताल हो बूढा ?

ताल पे ताल मिला !! काम छैन बूढी अति इमानदारी,काम छैन। सोझो रूख नै बढी काटिन्छ। कथा बुझियो ?" प्रोफेसर, अलि गम्भीर देखियो।

Nepal Telecom ad

धनराज गिरी :

म समय,मलाई पनि प्रोफेसर, मेरो अद्भुत पात्रले सिकायो, कुरूप सत्यभन्दा सुन्दर मिथ्या राम्रो, सही, असहयोगी इमानदारभन्दा सहयोगी बेइमान ओक्के छ त, कपटी मित्रभन्दा मज्जाले हप्काउने गाली गर्ने, प्रेममय आलोचना गर्ने निश्छल मित्र सर्वोत्तम, म समय, मेरो प्रोफेसर अनौठो अवतार, सुमनावतार, सज्जनहरूको साथी, अलिअलि अकडो पनि, कथा उसैको, मगज उसैको, म समय, साक्षी मात्र, राप रामचन्द्र पौडेलजस्तो ! कथारम्भ:

“के गर्ने साथी, यसपालि दशा लागेको रहेछ। अनेक भयो। अति दुःख पाइयो। खेत पनि बगायो बाढीले! तीन सालाहरूको कीर्तिशेष भयो। Seven point half दशा लागेको रहेछ। ४३ लाख भारु लुटियो।” अति करुण स्वरमा आफ्नो दुःख पोख्यो प्रोफेसर “झ्यापुराम प्रजापति राउटेराज रुचाङनारायण झोर्लेश्री परमानन्दले, मित्र “खुराफातकुमार झगडियालाल असभ्यको” सामुन्नेमा।” कस्तो नमज्जा, सारै दुःख लाग्यो साथी। यस्तो त कसैलाई पनि नपरोस् ।अति साखुल्ले भएर मनले एउटा मुखले लोलोपोतो, आम चरित्र प्रदर्शन गरी नक्कली सखा बाटो लाग्यो।” खुच्चिङ्ग” बाटोमा, भित्री मनले।

अर्को दिन अर्को धूर्त मित्र आयो, उसलाई पनि “पीर चिन्ता, वेदना, पीडा, कुण्ठा, भँडास, तनाव सम्पूर्ण नकारात्मक पुराण सुनाएर पठायो। त्यो मित्र पनि सक्कली थिएन, “बल्ल खाइस् !” भन्दै गयो, मनमनै।

पति, आफ्नो निजी पति, कब्जामा रहेको “श्रीमान गम्भीर नेपालीको” यो धरावासी लीला, यो इबरा खीबरा नाटक, यो “आज रमिता छ” यो उत्तर आधुनिक मनोपर्यावरण ध्यानाकर्षण उद्योग देखेर पत्नी, प्रोफेसरनी, “लीलादेवी चन्द्रमुखी प्रियवादिनी सायमा नूर गिरोपाध्याय रिमालडीवाली, जिल्ल परेको मुद्रामा, “ए बूढा के ताल हो ? कहाँका तीन साला ?कि ससाला ? कहाँको खेत ? किन यो दुःखपुराण ? किन बेवकूफ ऊल्लू मूर्ख बनाएको आफ्ना मित्रहरूलाई ? साथी भनेर आए, मिथ्यापुराण सुनाउने ? राजनीतिमा लाग्ने हो ? फटाहा बूढा ! नौटङ्की ! एमाले हो ? के ताल हो बूढा ? के ताल हो ?”

“नेपाल हो ! फेवा रारा ताल हो। हेर भाग्यवान् ,”एक गल्ती की ठाकुर,तिजोरी खोल कर दिखादी” शोलेको यो डायलग अति काम लाग्ने ! तथाकथित आत्मीय भनेका मित्रहरू एक भ्रम, हाम्रो सुख, खुशी, सफलताले पेट पोल्ने रहेछ, भित्र भित्र जलन, हेर प्यारी, त्यो कमलपुर छैन, हो त्यो कमलपुरको एक परिवारले अकल्पनीय प्रगति गर्यो, सम्पूर्ण गाउँलेले रीस गर्ने भन्या ! जलन, ईर्ष्या डाहा, त उहिलेदेखि। हे सोझी सोझी देखिने अति चतुर नारी, बडी होशियार, तिमी बरू बाठी, मेरो मितवा प्रोफेसर जगमोहन आजाद सुमेधाश्री अति सरल, लाटो, आफ्नो सफलताको सम्पूर्ण कायाकैरन सुनाउने लोकलाई, ६३ दोसल्लाको कथा भनिरहने, अति सत्यवादी बन्ने, अनि खाए ठूलो भाग ! दुःख पाए नि अमूर्त ! कपटीहरूको फेला परे। म त्यो चाहन्न। सत्यवादी हुनुछैन।

दुनियाँ खुशी होस् हाम्रो नक्कली दुःखको कायाकैरन सुनेर!आखिर अभिनय नगरी नहुने रहेछ। सत्यवादी हुँदा दुःख पाइन्छ भने, म धर्माराज कौन्तेय होइन, म राजा हरिश्चन्द्र होइन ! म नाथे जोगी, कण, एक मामुली मान्छे ! यही भएर यो लीला अरियो प्राणेश्वरी ! हेर त, कति उज्यालो अनुहार बनाएर गए ती नकावधारीहरू ! ताल पे ताल मिला !! काम छैन बूढी अति इमानदारी,काम छैन। सोझो रूख नै बढी काटिन्छ। कथा बुझियो ?” प्रोफेसर, अलि गम्भीर देखियो।

“बल्ल होश आयो ? बूढा, थोत्रे बूढा ! ल ल, जब जागा तब सवेरा ! खीर रेडी छ। घण्टी बज्यो।” प्रोफेसरनी !

म समय, कस्तो लाग्यो मेरो प्रोफेसरको ताल ? सिक्नुहोला। अब लाग्छु सम्पूर्ण किताबतिर, प्रेमको सुगन्ध, निर्दोष जीवनलाई भेट्न।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x