साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रकिब !

आम्मै, तीन जना मज्जाले रोए। पाउ परे। माफी मागे। जिगरी दोस्त बने। प्रोफेसर मुस्कुरायो, नयननीर त बगे। म समय, म पनि भावुक बनें। प्रेम खोले सब द्वार।

Nepal Telecom ad

धनराज गिरी :

“खीर खान पाइयो, खुशी लाग्यो !” रहमान बोल्यो।” हजुर त सारै सज्जन मान्छे !” किस्किन्धापति बोल्यो। प्रोफेसर “आरजूराजधनराज परशुरामनारायण आशुतोष महादेव रत्नश्री मनराज गिरीको” निवासमा, आज तीन पात्रहरू  रहमान, किस्किन्धापति र बर्नाड शाह आएका छन्, पर, लालगढबाट । म समय,आज अलि मध्यभागमा प्रवेश गरेको छु। मेरो प्रोफेसर,अचम्मको पात्र, नेगेटिभ इन्सेन्टिभलाई अझ बढी महत्व दिन्छ। थाहा छ, यी तीन नागहरू हुन् ! थाहा छ, यी तीनजनाले उसलाई सिध्याउन अनेक चाल चले। शत्रु,वैरी, रिपु, दुश्मन, जे जे भने पनि हुन्छ। तर प्रोफेसर उनीहरू प्रति यति सकारात्मक भयो कि, उनीहरू अतिथि बनेर आउन विवश भए। म समय, अब कथालाई अघि बढ्न दिन्छु, कथा :

“प्रोफेसर साहेब, हजुरको खीर हाम्रो लागि वरदान भयो,यो सत्य हो,जीवनमा आलोचक,निन्दक र तारीफकर्तामा कुन महत्वपूर्ण ?” बर्नाड शाह।

“निसन्देह,ताता= ताली र तारीफ जसले पनि खोज्छ। जायज तारीफ चाहिन्छ, पीयूष हो, तर म अलि “अकडो छु, अलि जिद्दी छु, जरा हटके स्वभाव! मलाई निन्दक” रकिब “मनपर्छ। किन ? किन कि मेरो सफलतामा जब जब मेरो शत्रु भित्र भित्र जलन भएर कम निदाउन थालेको कायाकैरन सुन्न्छु, मलाई अझ सफल हुन प्रेरित गर्छ। मेरो शत्रुहरू नै मेरा वास्तविक मित्रहरू हुन् । उनीहरूको अवसाद युक्त अनुहार मेरो लागि नोबेल प्राइज हो। म मुस्कुराएको वैरीलाई देखाउन हो। म “रकिब” हरूलाई बढी सम्मान गर्छु, इज्जत दिन्छु! म आज प्रोफेसर भएको र यति नामदाम कमाएको रिपुहरूकै अदृश्य प्रेमले गर्दा हो। धन्य दुश्मनहरू !” प्रोफेसर ।

तीन जनाको अनुहार फागुन २१ पछिका महाप्रभुहरूको जस्तै भयो। “महाशत्रु” उनीहरू पनि।
“हामीहरूलाई आज खीर खुवाउनु पनि त्यही सिद्धान्तको मूर्तरूप त होइन ?” रहमान, सकिनसकी बोल्यो।
“हा हा हा,यति कमनसेन्स त रहेछ। “रकिब” चिनेको नि मज्जासित। मेरो धज्जी उडाउनू। मज्जाले ! एउटा कुरा के ख्याल गर्नु भने,खराबले सज्जनलाई खराब भन्दा,सज्जन मालामाल हुन्छ। सज्जन हुनु नै सार्थक जीवन,सफल जीवन जिउँनु हो। एउटा कुरा,गफ जे जे भए पनि म कसैलाई पनि दुश्मन मान्दिन। कुरा नमिलेको हो। साथीहरू, साथीहरू नै बन्नसकिन्छ,अतीत भुलेर ! तिलकराज शर्मा पौडेल र धनराज गिरी,सर जसरी! मिल्नु उत्तम हो।” प्रोफेसर ।

आम्मै, तीन जना मज्जाले रोए। पाउ परे। माफी मागे। जिगरी दोस्त बने। प्रोफेसर मुस्कुरायो, नयननीर त बगे।

म समय, म पनि भावुक बनें। प्रेम खोले सब द्वार।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x