साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो पनि त थियो जिन्दगी

घर साना थिए, तर हृदय विशाल थिए। त्यो पनि त थियो जिन्दगी जहाँ सुकून जीवित थियो… जहाँ प्रेम नै सम्पत्ति थियो… जहाँ मान्छे अझै मान्छे थियो।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

त्यो पनि त थियो जिन्दगी
जब सुविधा थिएन,
सुविधा सँग नभएकोले चिनजान
कतै केही दुविधा थिएन।

टिनको छाना, घामले संतप्त थियो।
तर निद्रा गहिरो पर्याप्त थियो।
थोरै भात, नून र गुन्द्रुकमै
मन अहा! भन्दै तृप्त थियो
न महँगा सपना थिए,
न चाहनाका अन्तहीन सूची।
आमाको पछ्यौरीमा सबै प्राप्त थियो।
आँखाभित्र सन्तोषको जून उदाउँथ्यो।
जहाँ, “चैन” सर्वत्र व्याप्त थियो।

बिहान चार बजे
आमा उठ्नुहुन्थ्यो चुपचाप,
हातले जाँतो घुमाउनु हुन्थ्यो

गीत पनि सँगै गुञ्जिन्थ्यो।
कुवाबाट पानी तान्दा
पसिनासँगै हाँसो झर्थ्यो,
दुःख थाक्थ्यो,
तर मन कहिल्यै हार्दैनथ्यो।
न एसी थियो,
न कुलर, न फ्रिजको चिसोपन।
तर सम्बन्धहरूमा
मायाको शीतलता थियो।

न मोबाइल थियो,
न हजारौँ च्याटका आवाज।
चिठीको एउटा शब्दमै
पूरै मुटु धड्किन्थ्यो।

प्रतीक्षामा मिठास थियो,
भेटमा आफ्नोपन।
आज सन्देश धेरै छन्,
तर भावना हराएका छन्।

त्यो पनि त थियो जिन्दगी
जहाँ मौनमै उल्लास बोल्थ्यो।
चुहिने छानामुनि
दशैँ रमाइलो हुन्थ्यो,
थोरै कपडामै
आत्मा खुशहाल हुन्थ्यो।

माटोको आँगनमा
न्यानोपन उम्रिन्थ्यो,
थोरै सुखभित्र पनि
धेरै आनन्द फुलिन्थ्यो।

आज महलहरू अग्लिएका छन्,
तर मनहरू होचा भएका छन्।
कोठाहरू भरिएका छन् सामानले,
तर मुटुहरू खाली छन्।

सबै दौडिरहेका छन्,
तर पुग्ने ठाउँ कतै छैन।
गुनासो बढेका छन्,
धन्यवाद हराएका छन्।

सुख महँगो भएको छ,
मन सस्तो भएको छ।
त्यो पनि त थियो जिन्दगी
जहाँ मानिस गहिरा थिए।
आज
फेसनले शरीर ढाकेको छ,
तर चरित्र निर्वस्त्र हुँदैछ।

प्रदर्शन धेरै छ,
तर आत्मीयता हराउँदैछ।
हामीसँग
सबै कुरा छ जस्तो लाग्छ,
तर भित्र कतै
अपूर्णताको ठूलो खाडल छ।

सायद त्यसैले
पुराना दिनहरू सम्झँदा
आँखा रसाउँछन्,
मन चुपचाप भन्छ
सुविधा कम थिए,
तर मानिस साँचो थिए।
घर साना थिए,
तर हृदय विशाल थिए।

त्यो पनि त थियो जिन्दगी
जहाँ सुकून जीवित थियो…
जहाँ प्रेम नै सम्पत्ति थियो…
जहाँ मान्छे अझै मान्छे थियो।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x