साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्क फ्रम होम

अब त मन लाग्छ साहुलाई भन्न, हरे! अफिस खुलोस् चाँडै झन्! प्रत्येक सोम देखि सोम, हदै भयो यो “वर्क फ्रम होम"।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

जबदेखि मेरो अफिसले
“वर्क फ्रम होम” भन्ने निर्णय सुनायो,
मेरी श्रीमती “मेरिना”ले घरका सबै काम
खोजी–खोजी मेरै जिम्मा लगायो।

​मेरी मेरिनाले बुझिनन्
“वर्क फ्रम होम”को अर्थ,
मेरो जीवन भयो व्यर्थ।

हरे! मरीमरी काम गर्दा
थाकेर भएँ चुर,
कति छिन् मेरी मेरिना क्रूर!!

​झाडु, पोछा, भाँडा माझ्ने,
कपडा धुने, साग पनि काट्ने।
कहिले छोराछोरीलाई समात्ने।
कहिले कुकुरलाई बगैंचामा
लगेर घुमाउने-
पायक पर्दै मुताउने।

बोसले भन्थे “वासलात बनाऊ”,
हरे! यहाँ श्रीमती भन्छिन्
खाली किन बस्ने
“कुचो लगाऊ”।

दिनभरि माउस समाउने हात,
अहिले मेरी मेरिनाको आदेशमा
चलेका छन् दिनरात।

​मेरो त उड्यो सिटीपिटी
भान्सामा नालायक “कुकर”ले
जब लगायो
दुईको साटो दस सिटी।

अब त मन लाग्छ साहुलाई भन्न,
हरे! अफिस खुलोस् चाँडै झन्!
प्रत्येक सोम देखि सोम,
हदै भयो यो “वर्क फ्रम होम”।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x