साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म महाकाल हुँ : अनावृत्त गतिमान् !

​म समय हुँ चेत खोल! म समय हुँ सत्य बोल ! न रोकिन्छु, न मोडिन्छु,अनन्त गतिमा बहन्छु ! ​म समय हुँ, महाकाल हुँ, अनावृत्त गतिमान् ! तिमी आँखा चिम्लेर बस, मेरो आफ्नै उडान !

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​म समय हुँ, महाकाल हुँ, अनावृत्त गतिमान् !
तिमी आँखा चिम्लेर बस, मेरो आफ्नै उडान !

​छाड्नुपर्ने छाड्दै हिँड्छु, लैजानुपर्ने लैजान्छु,
रोकिएर कसैका अगाडि,न म यहाँ अडिन्छु !
​उत्ताउला स्वार्थीहरू, आफ्नै धुनमा मत्त छन्,
लापरवाह जीवनप्रति, वाहवाहमा मस्त छन् !

​शान्त छु, स्तब्ध देखिन्छु, गर्दिनँ आँखा रातो,
दुष्टको छाती बजारी, उडाइदिन्छु झट्ट सातो !
​निर्दयी होइन, म त निष्पक्ष न्यायको धारा हुँ,
अहङ्कारीलाई धुलोमा पार्ने, प्रहार मारा हुँ !

​अकिञ्चन हुँ, स्पर्शहीन हुँ, पूर्ण ब्रह्माण्ड हुँ !
आदि न अन्त, कणकणमा समाहित म नै हुँ !
​म ज्ञानको सागर, म महाप्रकाण्ड ज्ञाता हुँ !
म समय हुँ, समय हुँ, सब युगको विधाता हुँ !

​सत्यको साथमा उभिन्छु, झूटको गर्छु विनाश,
म जीवनको उज्यालो, म नै हुँ अन्तिम वास!
​म समय हुँ चेत खोल! म समय हुँ सत्य बोल !
न रोकिन्छु, न मोडिन्छु,अनन्त गतिमा बहन्छु !

​म समय हुँ, महाकाल हुँ, अनावृत्त गतिमान् !
तिमी आँखा चिम्लेर बस, मेरो आफ्नै उडान !

०००
विराटगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x