साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माननीय सांसद

"देख्नु भएन ?, मर्यादा पालन गर्ने संसदका बिरालाहरूकाे मुहार ! रूपमा बाघ र बिरालाहरू उस्तै देखिए पनि । 'अवर परे' दाँत ङिच्च देखाउँदै भाग्ने माननीयहरू !"

Nepal Telecom ad

प्रा. डा. विदुर चालिसे :

संसदमा माननीय सांसदकाे मर्यादाका बारेमा प्रश्न उठिरहेेकाे थियाे । प्रश्नमाथि प्रश्नहरू चलिरहेकाे बेलामा एकजना मर्यादा पालकले संसदका माननीयहरू बारे सभामुखलाई प्रश्न गर्याे ।
-“सभामुखज्यू ! ‘बाबि’ काे अर्थ के हाे ?”

सभामुखले नियमावली पल्टाए । कानेखुसी गर्दै कर्मचारीहरूलाई साेधे । शब्दकाे उत्तर पाउन सकेनन् । उत्तर नपाए पछि सभामुखले जुक्ति निकालेर भने ।
-“याे संसदमा सांसदले मात्रै प्रश्न गर्न पाउँछन् । मर्यादा पालकले प्रश्न गर्न पाउने कुनै छैन ।”

त्यसपछि सांसदहरूले नियमापत्ति लगाउँदै संसदमा नारा जुलुस लगाएर चिच्याउन थाले । उनीहरूकाे स्वरले संसद भवन गुन्जित थियाे । उनीहरूले मर्यादा पालकहरूले उठाएकाे ‘बाबि’ शब्द बारे जिज्ञासा प्रकट गरिरहेका थिए । शब्दकाे अर्थ कतैबाट निर्क्याैल भएकाे थिएन । अनेक थरि पार्टीका अनेक थरि सांसदहरूकाे तर्क वितर्क आफ्नै आफ्नै थियाे । धेरै हल्लाखल्ला र नियमापत्तीका बिचमा सभामुखलाई अप्ठेराे पर्याे । नियमावलीमा नभएकाे तथा सांसदहरूले बुझ्दै नबुझेकाे शब्दकाे अर्थ खाेज्न समिति गठन गरे । भाेलिपल्ट अर्थ खाेज्ने समितिले सभामुखलाई जवाफ पठायाे ।
-“बाबि शब्दकाे अर्थ कुनै शब्दकाेशमा पनि पाइएन, सरि !”

भाषाका विज्ञ समितिले समेत यस्ताे जवाफ दिएपछि सभामुखलाई झन अप्ठेराे पर्याे । उनलाई मर्यादा पालकहरू अगाडि झुक्न पनि त्यति जायज लागेन । कतैबाट कुनै अर्थ नपाएपछि मनमनै उनले कल्पना गरेर ।
-“संसदमा किन मर्यादा पालकहरूले बाेले ?”

यसै बीच उनलाई के भयाे । कतैतिर हेरेर मुसुक्क हाँसे । हाँसाे लैला- मजनूकाे डेटिङ फिक्स गरे झैँ थियाे । कुराे के हाे ? कसैलाई थाहा थिएन । उनी अन्यमनस्कमा परे । सबैतिरबाट झन चर्काे स्वरमा ‘बाबि’ शब्द बारेमा संसद अबरूध्द भएपछि बाध्यतावस सभामुखले मर्यादा पालकहरूलाई नै यस शब्दकाे अर्थ के हाे भनेर साेधे ।

-“बाबि शब्दकाे अर्थ के हाे त ? तपाईजस्ता मर्यादा पालकहरूकाे विचारमा ?”
मर्यादा पालकहरूले मर्यादाकाे भाव र अर्थलाई बुलन्द आवाज गर्दै संसदकाे गरिमा र प्रतिष्ठा बारे उत्तर दिए ।
-” ‘बा’ भनेकाे ‘बाघ’ हाे अनि ‘बि’ भनेकाे बिरालाे हाे ।”
-“कसरी ?”
-“हाम्राे पैतिस वर्षे अनुभवमा पहिले संसदमा बाघ थिए- ‘गर्जन्थे’ । अहिले बिरालाहरू भएकाेले संसदमा लुसुलुसु आए, गए ।”
सभामुख राताेपिराे भए। मर्यादा पालकहरूकाे स्वरमा सांसदहरूले तालीकाे गडगडाहटमा समर्थन गरे । सभामुखकाे अनुहार अमिलाे थियाे । उनले मर्यादा पालकहरूलाई प्रति प्रश्न गरे ।
-“के अहिलेका सांसदहरू बिरालाहरू हुन् ?”

सांसदहरूले जवाफ फर्काए ।
-“देख्नु भएन ?, मर्यादा पालन गर्ने संसदका बिरालाहरूकाे मुहार ! रूपमा बाघ र बिरालाहरू उस्तै देखिए पनि । ‘अवर परे’ दाँत ङिच्च देखाउँदै भाग्ने माननीयहरू !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x