साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शासक सत्याग्रह

आजकाे सत्याग्रहकाे हठयाेग अनि हिजाेका सठयाेग उस्तै लाग्थे अचेल पर्वतका ध्यान भङ्गसँग वृत्तचित्रहरू ! वृत्तचित्तदेखि वाक्क भएर गाउँहरू अलमलतिर !

Nepal Telecom ad

डा. विदुर चालिसे :

गाउँ गाउँ हेर्याे गाउँभरि उस्तै
सहर सहर हेर्याे सहरभरि उस्तै
सत्याग्रहका शासकहरूका चाल !
चार पाँचदशक अघिकाे वृत्तचित्र न हाे
शासक सत्तामा विद्राेहीहरू सङ्घर्षतिर
अहिले आएर हेर्छु त शासक सत्याग्रहमा
विद्राेहीहरू पाे शासन हत्याका प्रयासमा
सत्य आग्रहका लागि दसिप्रमाण बटुलेर !
हिजाे पनि गाउँका मान्छे अनि उस्तै बिग्रेका
सहरका त झन भन्नै परेन कहिल्यै नसप्रेका
जब जब सनका ज्वारमा बाैलाहा सन्कन्थ्ये
शासनका द्वारहरू पनि पट्कन्थे आशनमा !
गाउँकाे हिजाेकाे ढाँचा अनि पहिरन ओखवाइ
उस्तै लाग्छन् अहिलेका सहरका प्रदुषणजस्तै
जब दुश्मनकाे हाँक लल्कारिएकाे अवस्था थ्याे
साेझा गाउँलेहरू पनि उस्तै आफ्ना सब दिन्थे
लिन्थे ती सब अवतार अवतारका अनुयायीहरू,
बेच्थे सहरमा गरिबी, भाेक, अशिक्षा अनि राेग !
यतिबेला सहर मख्ख थ्याे जुलुसका जुलुसमा
दङ्ग थिए सत्ता उलटफेरका भावभङ्गीहरूमा
तर पनि आजकाे गाउँ उस्तै हिजाेकाे जस्तैजस्तै
तर पनि हिजाेकाे गाउँ यस्तै आजकाे सहरजस्तै
गाउँकाे भाेकमा भाेकाएका नेता गणहरू
सहरकाे जाेकमा सताइएका केटा भक्तहरू
वृत्तचित्र वरिपरि घुमिरहेथे आज पनि त्यसै
हिजाे पनि मेरा पुर्खाले जसरी घुमेथे उस्तै !
अनि सहरका सत्याग्रही दलदलमा बेचिएकाहरू
हर अस्पतालमा मुर्दाघरमा हुन्थे, कर्मीहरू रून्थे,
राेग, भाेक, गरिबी र अभाव बेचेर सर्टिफिकेटसँग !
गाउँ उस्तै अनि गाउँले पनि उस्तै गरिब हुने क्षण
सहरका मानिसहरू टाई सुटसँग सरिफ हुने प्रण
सत्याग्रहकाे चापले शासक हैरान हैरान थे
वास्तविकता हठयाेगीका मूल्यसँग !
आजकाे सत्याग्रहकाे हठयाेग अनि
हिजाेका सठयाेग उस्तै लाग्थे अचेल
पर्वतका ध्यान भङ्गसँग वृत्तचित्रहरू !
वृत्तचित्तदेखि वाक्क भएर गाउँहरू अलमलतिर !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x