साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थ न बर्थ

गुरूलाई पनि रिस उठ्याे । उनले अनुहार राताे पार्दै झाेक्किँदै भने । - "एउटै पलङ्गमा अर्कैकाे मुहार हेरेर फेसबुक चलाउने अर्थ न बर्थका आइमाई !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

एउटा पण्डित संस्कृत पाठशालाकाे ज्ञानकाे तेजबाट तरङ्गित थियाे । विश्वमा संस्कृत शिक्षा प्रविधिकाे युगमा सर्वसाधारणमा लाेप हुँदै गएकाे थियाे । संस्कृतका मै हुँ भन्ने पण्डित बाहेक संस्कृत भाषाकाे ज्ञान, सीप, मर्यादा, मान, प्रतिष्ठा, विवेक, बुध्दि र व्यवहार हराउँदै थियाे । एकजना महान संस्कृतका पण्डितलाई संस्कृत भाषाकाे व्यवहारिक अभ्यासले काम नचल्ने भएपछि पश्चिमा ज्ञानकाे पूर्ति गर्न अङ्ग्रेजी सिक्न सुरू गरे । भाषाकाे आफ्नाे ज्ञानकाे सीमामा रहेर उनले व्यवसायका लागि अङ्ग्रेजी कहाँबाट सुरू भन्ने लागेर उनले समुदायका बीचमा एक प्रश्न उठाए साेधे ।
– “अङ्ग्रेजी ज्ञानकाे सन्जाल प्रविधि भाषा कसरी सिक्ने ?”

वरिपरि एकसे एक महिला थिए । उनीहरूले संस्कृृतका प्रकाण्ड विद्वानले पनि अङ्ग्रेजी सिक्न चाहेकाे कुरा बुझेपछि सबैले जवाफ दिए ।
– “फेसबुक चलाउनु हुन्छ नि, हैन गुरु !”
– “चलाउन त चलाउँछु, तर के भनेकाे कुराे बुझ्दिन !”
– “त्यसाे भए, फेसबुकमा अङ्रग्रेजी सिक्ने एउटा राम्राे अवसर छ, अङ्ग्रेजी भाषा पनि सजिलै सिक्न सकिने, व्यवसायकाे रूपमा आम्दानी पनि हुने मनिटाइज गर्न सिक्नाेस !”
– “काेसँग सिक्नु र अनि ?”
– “तपाईकाे वाइफाई छैन ?”
गुरूले वाइफाईकाे सट्टा वाइफ सुन्न पुगे थे । उनले जम्मा भएका महिलाहरूले झटपट भनिदिए ।
– “हाे,उतै सिक्नुस्। अङ्ग्रेजी पनि सिकिन्छ, व्यवसाय पनि चल्छ !”

संस्कृतका गुरूलाई अङ्ग्रेजी सिक्ने लालसाले झकझक गरिरह्याे ।
घर पुग्नासाथ श्रीमतीलाई प्रविधि र अङ्ग्रेजी भाषा कसरी सिक्ने भन्ने बारेमा विनम्र भएर साेधे।
– “मलाई अङ्ग्रेजी र प्रविधि सिकाइदेउ न !”

सधै पाठ पढाउँदै अनेक ज्ञानगुन र व्यवहार सिकाउने ज्ञानका संस्कृतका गुरूले आज आफूबाट अङ्ग्रेजी भाषा र प्रविधि जस्ताे जटिल विषय सिक्न अनुराेध गरेकाे सुनेर श्रीमतीलाई व्यङ्ग्य गरे जस्ताे लाग्याे । उनले मुखताेड जवाफ फर्काइन ।
– “यत्राे ठुलाे पण्डित भएर पनि अङ्रग्रेजी भाषा र प्रविधि जान्दिन भन्न लाज लाग्दैन ?”

एकाएक अल्मलिएका गुरु अर्थ न बर्थले वाल्ल परे । उनले बिस्तारै श्रीमतीहरूका वरिपरिका साथीहरूकाे समुदायले दिएकाे सुझाब बिन्ति गरेपछि श्रीमतीले जवाफ दिइन ।
– “ल सुन्नुस् अङ्रेग्रेजी !”

गुरूजी एकतमासले सुन्दै गए । श्रीमती भन्दै गइन ।
– “आइ माने म, माई माने मेराे !”

श्रीमतीले फेरि गुरूलाई साेधिन ।
– “आईमाई, आईमाई भनेर सधै घाेकिरहनु हुन्थ्याे त, अङ्रेजी किन आएन ?”

गुरूलाई पनि रिस उठ्याे । उनले अनुहार राताे पार्दै झाेक्किँदै भने ।
– “एउटै पलङ्गमा अर्कैकाे मुहार हेरेर फेसबुक चलाउने अर्थ न बर्थका आइमाई !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x