साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताकाे ग्याङ

नेपथ्यबाट स्वर्गका विकास नीतिका शहीदहरूले आफ्नाे पुरानाे सपना सम्झेर चिच्याउँदै कराए । -"विकासकाे नाममा सराध्देकाे प्रसाद !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

-“हजुर ! नजराना !!”
मुखियाकाे अनुहार राताे भयाे । उपमुखियाकाे मुहारमा चाहिँ साताे गएकाे थियाे । बिचाैलिया तीनफेर वरिपरि घुम्दै घुँक्क घुँक्क गरेर बर्बराउन थाल्याे ।
-“बल्ल बल्ल मिलाए नि !”

मुखिया र उपमुखिया मुखामुख गर्दै टेबुलमुनि हात राख्न लागे । दराजमा सजिएकाे कानुनकाे पुस्तकले हेरिरहेकाे थियाे । पुस्तककाे जिब्राे फट्किरहेकाे थियाे ।
– “भ्रष्टाचारीहरूलाई कारवाही !”
कानुनका वेत्ताहरूले जनसराेकारका विषयमा कथा पढ्न थाले । नागरिक समाज जिब्राे चपाउन थाल्याे । उपरखुट्टी लगाएर नाचिरहेकाे बिचाैलिया नगर कार्यालयमा भट्याउन थाल्याे भने ठेक्का नपाएकाे रून्चे स्वरमा कमिशन तिर्न नसक्ने ठेक्दार रिसाउँदै मुखियाकाे कार्यालय अगाडि नारा लगाउन थाल्याे । उसकाे तेजिलाे आवाज घन्केकाे थियाे ।

– “गाउँबाट सहरकाे पगरी गुथेकाे प्रशासनमा यस्तै हुन्छ !”
डाँडाकाे उचाइतिर फर्केर शक्तिशाली अनुगमन समितिका मुखिया एवम् उपमुखियाकाे टाेली लावालस्कर सहित उकालाे चढ्दै थिए । पीडित जनताले सेतै पहिराे गएकाे डाँडातिर देखाएर भने ।

-“कथा-कुथुङ्ग्री कण्डापट्टि गाँड, याे कथा नजान्ने बाेक्सी राँड !”
पुराना गाउँका नयाँ सहरियाहरूले सेती पहिराेकाे स्खलित माटाे, बालुवा, गेग्रान र भेलबाढी डाँडाबाट सहरतिर बगाएर स्वनामधन्य काम गरे । विकासकाे खाका काेरे । समृध्दिकाे ढाेका खाेले । तर जनसराेकार उट्पट्याङ उल्लुकाे घट्टजस्तै घुमिरह्याे । तामझामका साथ माइकबाट अनुगमन समिति चिच्याउन थाल्याे ।

-“हाम्राे पालाकाे विकासकाे नमूना हेर्नू जनताहरू ! कालाे डाँडाे सेतै भयाे । अलिकति पहिराे गयाे त गयाे के भयाे ? हामीले आफ्नाे सराध्दे आफै गरेम, अर्थात विकासकाे ढाेका खाेलेम । याे संसारमा आफ्नाेे सराध्दे आफै गर्ने मान्छे काेही छ त ?”

नेपथ्यबाट स्वर्गका विकास नीतिका शहीदहरूले आफ्नाे पुरानाे सपना सम्झेर चिच्याउँदै कराए ।
-“विकासकाे नाममा सराध्देकाे प्रसाद !”

जनसराेकारकाे धुलिसात आवाजमा धुलाे उडिरहेकाे थियाे ।
-“बुझ्नु न, याे नजराना विकासवादी नेताकाे ग्याङकाे हाे !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x