शिवप्रसाद जैशीभोक र भुमरी
भोकको भुमरीले बिउ चपाउन थालेपछि स्वामित्वको दोकानमा ताला लाग्छ, अस्तित्व निगालो झै लुतुर्किन्छ।
शिवप्रसाद जैशी :
भोकको भुमरीमा
पेटको आन्द्राले पिङ् खेल्न थालेपछि
वैभवको बाजाले नगारो
हाल्न सक्दैन।
स्वाभिमानको खेतमा
भोकको भुमरीले बिउ चपाउन थालेपछि
स्वामित्वको दोकानमा
ताला लाग्छ,
अस्तित्व
निगालो झै लुतुर्किन्छ।
००
अछाम
Subscribe
Login
0 Comments
Oldest






































