साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिक भएर पनि अनागरिक

मलाई लखेट्ने उत्सवमा सबैभन्दा माथि पर्छ सरकार भर्खरै मेराे बास चपाएर फर्किएका छन् डाेजरहरू डाेजरसँगै फर्किएका छन् असङ्ख्य टाेप, लाठी र बन्दुकहरू।

Nepal Telecom ad

डा. अमर गिरी :

तपाईंको स्थायी आवास ?
मेरा निम्ति सबैभन्दा बढी
बिझ्ने प्रश्न यही हाे
कसैले जब मेराे स्थायी आवास साेध्छ
ठेगाना साेध्छ
सिङ्गो ब्रह्माण्ड
फनफनी घुमेझैँ लाग्छ।
एउटा घर हाेस्
त्यस घरमा बसेर
जिन्दगीका सपना देख्न पाइयाेस्
रुनका निम्ति , हाँस्नका निम्ति
प्रेम र माैनका निम्ति
आफ्नै काेठा हाेस्
आफ्नै आकास हाेस्
उड्नका निम्ति ।
एक टुक्रा जमिन हाेस्
त्यस जमिनमा
दुईचार बाेट भएपनि
मकै राेप्न पाइयाेस्
तरकारी लगाउन पाइयोस्
सयपत्री र मखमली फुलाउन पाइयोस्
आँगनमा कुखुरा बासेकाे
र रुखमा
चराहरूले गाएकाे सुन्न पाइयोस्
तर मिठा कल्पना हुन् यी मेरा निम्ति ।
कहिलेकाहीँ आफूलाई मानिस कम
बढी चाैपाया हुँ जस्तो लाग्छ
कहिले कसैले लखेट्छ ,कहिले कसैले
लखेटिनुकाे एउटा सिङ्गो इतिहास हुँ म ।
नागरिक भएर पनि अनागरिक
नाम भएर पनि अनाम
देश भएर पनि देशविहीन
मानिस हुँ म
मलाई लखेट्ने उत्सवमा
सबैभन्दा माथि पर्छ सरकार
भर्खरै मेराे बास चपाएर
फर्किएका छन् डाेजरहरू
डाेजरसँगै फर्किएका छन्
असङ्ख्य टाेप, लाठी र बन्दुकहरू।

००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
तुइन

तुइन

डा. अमर गिरी
लय

लय

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
लाजको मृत्यु

लाजको मृत्यु

डा. अमर गिरी
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x