साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुइन

फाँसीको डोरी र नदीको बिचमा झुन्डिएको तुइन र मेरा शासकको अनुहार उस्तै उस्तै लाग्छन् मलाई ।

Nepal Telecom ad

डा. अमर गिरी :

फाँसीको डोरीझै झुन्डिएको छ तुइन नदीमाथि
केही बेरपछि
यही तुइनमा झुन्डिएर पुग्नु छ नदीपारि ।

कहिलेदेखि झुन्डियो यो आदिम उपकरण नदीमाथि,
थाहा छैन
मैले थाहा पाउँदा
नदीमाथि तुइन थियो
तुइनमा म थिएँ ।

थाहा छैन केही समयपछि म नदी पारि हुनेछु
वा उसको अतल गहिराइमा
हरेक पटक झुन्डिदा तुइनमा
आधा मरिसकेको हुन्छु म
नदीको गहिराइबाट आइरहेझै लाग्छ
असमयमै मरेका मानिसहरूको आवाज
र बेसरी निसासिन्छु नदीको बिचमा ।

फाँसीको डोरी र नदीको बिचमा झुन्डिएको तुइन
र मेरा शासकको अनुहार उस्तै उस्तै लाग्छन् मलाई ।

०००
रातमा कलम (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
लय

लय

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
लाजको मृत्यु

लाजको मृत्यु

डा. अमर गिरी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x