साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परसाईंका दुइ लघुव्यङ्ग्य

अनि पसलेले नाेकरलाई हप्कायाे, "के हाे हँ ? मैले तलाई कति पटक भनेँ दिनमा तीनचार पटक मिठाइबाट माखा टिपेर फाल्ने गर् भनेर ? तर तँ त एउटा कानबाट सुनेर अर्काे कानबाट निकाल्छस् ।"

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद रमेश समर्थन

१. मिठाइकाे माखाे (मिठाई की मक्खी)

बिहानैदेखि हिँड्दा हिँड्दा हामी थाकेका थियौँ । अगाडिकाे एउटा मिठाइकाे पसलमा पस्याैँ । निकै गह्राैँ बाेर्ड लागेकाे थियाे जसमा मिठाइका गुणहरू लेखिएको थियाे र तिनमा कैयाैँका बारेमा मलाई पनि कुनै त्यतिबेलासम्म मलाई थिएन ।

“दुई पलेट रसभरी” मैले अर्डर गरेँ । नाेकरले रिकापी उठायाे अनि फुर्तीसाथ दुवैमा रसभरी राखेर ल्यायाे ।
मैले खान भनेर रसभरी उठाउन के भ्याएकाे थिएँ त्यसमा बसेकाे एउटाे माखाे देखिहालेँ । मैले रसभरी जहाँकाे त्यहीँ राखिदिएँ अनि मालिकलाई भनेँ, ” कस्ताे फाेहर हाे हँ तपाईंकोमा त ? हेर्नुस् त मिठाइमा माखाे छ !”

अनि पसलेले नाेकरलाई हप्कायाे, “के हाे हँ ? मैले तलाई कति पटक भनेँ दिनमा तीनचार पटक मिठाइबाट माखा टिपेर फाल्ने गर् भनेर ? तर तँ त एउटा कानबाट सुनेर अर्काे कानबाट निकाल्छस् ।”

२. हाकिम र पिउन (साहब और चपरासी)

अस्ति सडक हुँदै जाँदै थिएँ । अगाडिबाट एउटा रेक्सा आउँदै थियाे । हेरेकाे त त्यसमा मेरा चिनजानका तहसिलदार साहेब र उनकाे पिउन बसेका थिए । तपाईं याे देखिस् त के देखिस् भनेर भन्न सक्नुहुन्छ ।

अरू पनि देखेँ – तहसिलदार साहेब त माथि सिटमा बसेका थिए भने पिउन भने तल खुट्टा राख्ने ठाउँमा बसेकाे थियाे अर्थात् साहेबका जुत्ताकाे बराबरीमा ।

साहेबलाई हतार भएरै रेक्सा गरे हाेलान् । तहसिलदार साहेब एकदमै दुब्ला थिए र आधा सिट पनि बढी थियाे भने सिट दुईवटा थिए । ठाउँ पुरै खाली थियाे तर पिउन त्यस खाली ठाउँमा बस्न पाउन्नथ्याे किनभने ऊ पिउन थियाे । यसले साहेबकाे प्रतिष्ठामा धक्का लाग्न सक्थ्यो । जुन मान्छे रातदिन उसैसँग बस्छ र जससँग स्नेह पनि भइसकेको हुन्छ त्यही बाटाघाटामा बराबरीमा बस्याे भने मेराे इज्जत धुलामा मिल्छ । मानिसहरूले पनि कस्ताे तहसिलदार रहेछ, पिउनलाई पनि बराबरीमा बसाल्दाे रहेछ भनेर भन्लान् ।

तर तहसिलदार साहेबकाे ध्वाँसे चेतनामा मान्छेसँग मान्छे बसेकाे देखेर कसैलाई अचम्म लाग्दैन भन्ने कुराे पस्न सकेन ।

०००
यी दुवै रचनाहरू “परसाई रचनावली -२” बाट अनुवाद गरिएका हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x