साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लभलेटर

आमोदी वरदान मान्छु गुरुजी जोगी गिरी शर्मिला ! आमाको ममता पवित्र समता भोला जिरी उर्मिला ! हाम्रो काम सुनाउने लघुकथा साहित्यवादी वरी ! झापाली सुकरात बात रसिलो गोविन्दनामी चरी !

Nepal Telecom ad

धनराज गिरी :

जापानी अवतार शेषदुहिता रामेन्द्र मोती धनी !
जम्मा डेढ फुटे जुटे नगरमा राजेन्द्र सोती बनी !
चौतारी गुणराज पाठक बने अर्यालजी तानियो !
औतारी ससुरा कुरा रवि सुरा साहित्यमा मानियो !

दुर्गा मल्ल गिरी कमाल उहिले ऐले पुगे खोरमा !
राधाकृष्ण दुलाल राम घिमिरे आनन्दको भोरमा !
सन्न्यासी धनराज दाइ उनको कन्ट्रोल गोर्खा शशी !
प्यारा शीतल विश्वनाथ कविजी पौडेल पाए दसी !

वाग्ले भोज खुवाउने विगतमा शोभा थियो साधना !
मन्त्री दाइ रमाउने नगरमा सद्भावना सिर्जना !
आहा केन्द्र सुरेन्द्र इन्द्र अनिता पिप्ले चनाखो बढी
आयो बुद्धि विवेक धर्म सजिलो चिप्ले सुमेधा लडी !

दाउन्ने भनियो सुमित्र बनियो अग्ला सखा कर्मले !
बाउन्ने वरियो सुकर्म गरियो विज्ञानको मर्मले !
माली तीन फुले पितामह बने देवेन्द्रको लोकमा !
दाजी एक रमाइलो गजलमा धर्मेन्द्र गान्तोकमा !

आमोदी वरदान मान्छु गुरुजी जोगी गिरी शर्मिला !
आमाको ममता पवित्र समता भोला जिरी उर्मिला !
हाम्रो काम सुनाउने लघुकथा साहित्यवादी वरी !
झापाली सुकरात बात रसिलो गोविन्दनामी चरी !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x