साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोल सुधार !

अर्ती उपदेशको त ऊ गङ्गोत्री नै, अमल पो नगरेको त! सबैले आभार प्रकट गरे। खुशी भएको अभिनय गरेर घर फर्कियो।

Nepal Telecom ad

धनराज गिरी :

“सर,हजुर आज हाम्रो टोलमा आउनुपर्यो। ” फोन आयो धनञ्जयप्रसाद मासुमलाई पल्लो टोलबाट । “हस् !” स्वीकृति दियो, किन कि ऊसित केही छ भने त्यो फुर्सद हो। जिन्दगीले समाजसेवी बनाइदियो। “सल्लाहकार र समाजसेवी” यी जोर पद,”विनोद चौधरीको चित्त नबुझेको कर्मचारी !” लाज पचाएर, हाजिर गरेर तलब बुझ्ने, नेपाली राजदूतहरूजस्तै। शक्तिशालीका स्वकीय सचिवहरूजस्ता !

अनेक सोच्यो। खाना खायो र बाइक लिएर निस्कियो। पल्लो छिमेकी र पल्लो टोल,एक विम्ब। मनमा साथी आयो,उही साथी,अरू त भए पो आउने। पुग्यो गन्तव्यमा। इन्द्र इन्द्र सात थान,”भाइ ” सम्झियो,चन्द्रलोक र गोकुलधाम,  चक्काजाम ।

“नमस्कार !” अरूले गरे। उसले पनि गर्यो। ” मान्यनन्दन” सर्वमान्या ऊ। मानिन लायक छ, कर्मले।
“सर, अहिले के गर्नुहुन्छ?” गोपी गिरी,पत्रकार । पुलुक्क शान्तिकान्त अनुहारमा ४३ मुजामालिक आई सी गोजीमा इन्द्र चालिसे साम्यवादी, पूर्व, लाई हेर्यो, बूढा मुस्कुराए।

“खान्छु,सुत्छु,उठ्छु,समाचार सुन्छु, एउटा भौजाहा दयालु साथी छ,लाइक कमेन्ट गर्छु, फेरि सुत्छु। निरन्तरताको साथी कालिका एफ एम!यत्ति हो।” बोल्यो। अरू गलललल !

“सर, हाम्रो टोल सुधारको लागि हजुरजस्तो बौद्धिक मान्छे, बौद्धिकताको ओभर डोज, अर्को आहुति, झुवानीश्री,हजुर हाम्रो रत्न, कोहेनूर ! मार्गनिर्देशन सर !” उही गोपी।

लजायो मनमनै, सोच्यो, “आफ्नै टोलको त्यो हाल छ,आफूलाई कसरी सुधारने ? परिवार कसरी एक हुने ? यो त ऋण खोजेर सापटी दिएजस्तो भयो ! क्या क्या ओलीनियति बोकेर आइएछ।” अनेक सोच्यो, तर इज्जतको सवाल छ, ४३ मिनेट बोल्यो। अर्ती उपदेशको त ऊ गङ्गोत्री नै, अमल पो नगरेको त! सबैले आभार प्रकट गरे। खुशी भएको अभिनय गरेर घर फर्कियो।

“सुधारियो होइन टोल ?” सत्यभामाको कटाक्ष,उता कान्छी छोरी ” मन्दिरा निहारिका काफ्ले मुसुमुसु।भिडिओ कल आयो उही अकडो प्रोफेसर मित्रको। व्यस्त रह्यो। ७४ मिनेट ३६ सेकेन्ड गफ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x