साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सल्लाहकारहरू !

मेरो थोत्रे बूढाको के बुद्धि छ र ? अकडो बूढा, जे पनि जानेको। ल ल, कुचो लगाएर प्लेटहरू सफा गर्ने, म टिक्टक बनाउन गएँ, मितिनी आउनुभएको छ ।

Nepal Telecom ad

धनराज गिरी :

देख्दा अति भलाद्मी लाग्ने सुपरम्यानहरू आए प्रोफेसर ” सूर्यमणि वरपीपलराज शेरखानोपाध्याय घण्टीनाथ आशुतोष नारायणीकान्तानुज मरासिनोलोजीश्रीको निवास,उखानपुरमा। नौ जना,नौ ” स” किन कि, सफल, सरल,सहज,सकस, सरिता, समिता, सङ्कट, सहर्ष र समर्थन पात्र पात्राहरू। म समय,एक “स” त मसित पनि छ । म समयको काम, साक्षी, समय बलवान् ? बेकार, मेरो साथी बेकारनारायण काफ्लेलाई सम्झिएँ, ऊ भानुको भक्त। कथारम्भ:

“प्रोफेसर साहेब, वर्तमान परिप्रेक्षमा यहाँको राय ?” सफल, कुर्घावालीकान्त, सूर्यपुरवाले।
“रीना राय, ऐश्वर्या राय, सुरेश ओबेराय, आदि कान्छा दाजु !” प्रोफेसर । हा हा हा … काशीनाथ अधिकारीस्केलको हाँसो, फागुन २१ पछि,पहिलोपटक।

“प्रोफेसर साहेब,अब के होला ?” समिता, गजलप्रेमी नानी, पाँच झापा, साथी, समा थापा।
“आज रामनवमि, भोलि चैत्र चौध। केही साहित्यिक कार्यक्रम, अनि १५ गते मीठू माताको जन्मदिन, दुई हप्तापछि प्यारेलाल दाजी ग्रेट पोन्डको जन्मदिन, भोलिपल्ट नदीनको जन्मदिन,अनि नयाँ साल २०८३ ! अरू के ?” प्रोफेसर ।
“हा हा हा ….. हजुर त हाम्रो छोटुको दाजु मोटुको डुप्लीकेट, कपिपेस्ट ! प्रोफेसर जगमोहन आजाद बालेनश्रीजस्तै, कस्तो रमाइलो मान्छे!” समर्थन,रमेश भुसाल, छालबाटोको आफन्त।

“हो हो हो, डुप्लीकेट किन ? ओरिजिनल भन्न सकिन्न र यारा ?” प्रोफेसर ।

खीर पाक्यो। खीरहरण, राजमाताको चीरहरण, सुनीलाजीको चर्चा भयो।” हजुर किन खीर नै पस्किनुहुन्छ पाहुनालाई ?” सहज,असहज भएर सोध्यो।

“सहज उत्तर, साथी, देवत्व र मानवता भएको पात्रजो निकेतनमा सत्त्विक भोजनले सत्कार हुन्छ, तर, दानवनिकेतन, राकसको निवासमा तमगुण, म्लेच्छ भोजन, इन्द्रवारुणीको मेचीकाली बग्छ। यही हो फरक। दम्भी दनुजको भोजन स्वभावानुसार हुन्छ। गीतामा लेखिएको छ।” प्रोफेसर ।

गए नौ “स” खुशी भएर, प्रोफेसरनी “सुशीला सफलोपाध्याय केलादीश्री,” बूढा,यिनीहरू को हुन् ?”
“यिनीहरू सल्लाहकारहरू, मनीषिहरू, बौद्धिकताको ओभर डोजहरू, अजासुहरू, बजासुहरू, सूर्यमुखी फूलहरू, ओइलाएका,अहिले!” प्रोफेसर ।
“किन आएका त ?” प्रोफेसरनी।

“महासल्लाहकारलाई भेट्न, के सल्लाह दिने गुण्डुलाई भनेर सल्लाह लिन! केही सिक्न ! खीर खान !” प्रोफेसर ।
“विचराहरू, मेरो थोत्रे बूढाको के बुद्धि छ र ? अकडो बूढा, जे पनि जानेको। ल ल, कुचो लगाएर प्लेटहरू सफा गर्ने, म टिक्टक बनाउन गएँ, मितिनी आउनुभएको छ, गायत्री मेडम!” लागिन् प्रोफेसरनी नन्दनिकेतन। प्रोफेसर परमादेश तामेल गर्नतिर लाग्यो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x