साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चतुराहरूप्रति

बजेटको मागी खाने भाडा रैछौं हामी चाहिFदाको भाँडा भई नचाहिंदा घाँडो थाहा पायौ व्यवहारले कच्चा छैनौ हामी उमेरले पाका भयौ बच्चा छैनौ हामी ।

Nepal Telecom ad

गणेश शर्मा पौडेल ‘चन्दन’ :

टाठा बाठा चतुराले मन लागी गर
सिधासाधा सज्जनले अन्यायमै मर
बोल्नेको पीठो बिक्ने प्रथा हट्‌ने हैन
रौ चिराको न्याय यहां कैल्यै हुने छैन
(१)

उपकारी बाटा सबै साघुरिदै गए
अधर्मका बाटा सबै फराकिला भए
बन्धन भित्र परेका लक्ष्य जति सबै
जीवनभर लक्ष्यहीन बन्नुपर्ने सधै
(२)

जिन्दगीका आकाशमा सधै काला बादल
कैले पनि नपुरिने दुःखका खाडल
हातको गाँस मुखमा सधै विष हुने
जुगानुजुग बिती गए कहिले सुख हुने
(३)

बजेटको मागी खाने भाडा रैछौं हामी
चाहिFदाको भाँडा भई नचाहिंदा घाँडो
थाहा पायौ व्यवहारले कच्चा छैनौ हामी
उमेरले पाका भयौ बच्चा छैनौ हामी
(४)

बोकेका छौं काँध भरी ठूलो जिम्मेवारी
लिएका छौं हृदयमा सच्चा इमान्दारी
कर्मशील वनी काटौं सुख अनि चैन
आशा गर्ने अर्काको त्यो आशा वा’दुर हैन
(५)

तिर्खाएको मृगलाई कस्ले दिन्छ पानी
आफ्‌नो तिर्खा आफैं मेटौं वुझौं महावाणी
घनिष्टको चर्चा हुने सधैं चाँदी सुनको
कनिष्टको चर्चा हुने सधैं पानी नुनको
(६)

घन घोटी वन्चरोझै वीरको हुन्छ नाम
मुक्ति लागि मसाल वालौँ मिल्छ सलाम ।
(७)

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुराहरूप्रति

चतुराहरूप्रति

गणेश शर्मा पौडेल 'चन्दन'
सामन्ती रूख

सामन्ती रूख

गणेश शर्मा पौडेल 'चन्दन'
भ्रष्टाचार

भ्रष्टाचार

गणेश शर्मा पौडेल 'चन्दन'
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x