साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चतुराहरूप्रति

बजेटको मागी खाने भाँडा रैछौँ हामी चाहिँदाको भाँडा भई नचाहिँदा घाँडा थाहा पायौँ व्यवहारले कच्चा छैनौँ हामी उमेरले पाका भयौँ बच्चा छैनौँ हामी

Nepal Telecom ad

गणेश शर्मा पौडेल ‘चन्दन’ :

टाठा वाठा चतुराले मन लागी गर
सिधासाधा सज्जनले अन्यायमै मर
बोल्नेको पीठो बिक्ने प्रथा हट्‌ने हैन
रौ चिराको न्याय यहाँ कैल्यै हुने छैन
(१)

उपकारी बाटा सबै साघुरिँदै गए
अधर्मका बाटा सबै फराकिला भए
बन्धन भित्र परेका लक्ष्य जति सबै
जीवनभर लक्ष्यहीन बन्नुपर्ने सधै
(२)

जिन्दगीका आकाशमा सधै काला बादल
कैले पनि नपुरिने दुःखका खाडल
हातको गाँस मुखमा सधैं विष हुने
जुगानुजुग बिती गए कहिले सुख हुने
(३)

बजेटको मागी खाने भाँडा रैछौँ हामी
चाहिँदाको भाँडा भई नचाहिँदा घाँडा
थाहा पायौँ व्यवहारले कच्चा छैनौँ हामी
उमेरले पाका भयौँ बच्चा छैनौँ हामी
(४)

बोकेका छौ काँध भरी ठूलो जिम्मेवारी
लिएका छौँ हृदयमा सच्चा इमान्दारी
कर्मशील बनी काटौँ सुख अनि चैन
आशा गर्ने अर्काको त्यो आशा बा’दुर हैन ।
(५)

घन घोटी बन्चरोझैं वीरको हुन्छ नाम
मुक्ति लागि मसाल बालौँ मिल्छ सलाम ।
(७)

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुराहरूप्रति

चतुराहरूप्रति

गणेश शर्मा पौडेल 'चन्दन'
सामन्ती रूख

सामन्ती रूख

गणेश शर्मा पौडेल 'चन्दन'
भ्रष्टाचार

भ्रष्टाचार

गणेश शर्मा पौडेल 'चन्दन'
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x