साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलन कि हान्दोलन

प्रजातन्त्र र मानव अधिकार नामक दुइटा कोपरा संसारभरी दुर्गन्ध फैलाउने भाँडा भएका छन् । भलै नामै चिन भएकोले हो कि यो प्रकारको फोहोरी हान्दोलनलाई बेलैमा चिनेर अक्करदेखि टक्कर दिँदैछ ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

कुनै जमानामा बालन थियो । त्योभन्दा पहिलेदेखी लालनपालन त स्थायी नियुक्ती लिएरै आएको हो । अहिले पछि आएर बालन लालन पालनको लहरमा नाम चाहिँ आन्दोलन काम चाहिँ हान्दोलन आइपुग्यो । यो त यति मापाको ज्याद्रो रहेछ कि छयालीसबाट शुरू गरेको छयासी आउनलाग्दा पनि उपद्रो मच्चाउन छोड्दैन । तैपनि अलिअलि स्वरूप भने परिवर्तन गर्दोरहेछ । छयालीस सालमा स्वाहाकारका गोरुहरू मन्तरी निरन्जन थापा हुँदा काठमाडौको सडकमा देखिएको आन्दोलनको तडक भडक माथि चिलगाडीबाट गोली प्रहार गरि हान्दोलनमा परिणत गरिएको थियो । पछि पचास सालतिरको आन्दोलनमा खसिजा खोइरालाको स्वाहाकारले सडकबाटै संसारमै कहिँ नभाको बाहुबलिय “पर जा तँ नत्र ” को महान उदाहरण उदाङ्ग्यायो ।

त्यसपछिका अनेक निर्लज्ज बिद्रोह र हान्दोलनहरू भए । बस गाडीको मात्र होइन हान्दोलनको पनि रात्री सेवा भूत प्रेत झैं बन जङ्गल पाखा पखेरामा लुक्दै हिँड्नेहरूदेखि टाउकाको मोल तोक्नेसम्मका सबैले गरे । त्योबेलाका दुश्मनाहरू सहमना भएर अहिले पालैपालो कुर्सीमा लुकामारी खेल्दैछन् भने देश र जनताले महासास्ती झेल्दैछन् । अनि दुई शून्य कम लाख कार्यकर्ताको गाइजात्रे जुलुस निकालेर हान्दोलनको नाटक गर्दैछन् । जनताले पीडा सहनै नसक्ने भएर आन्दोलन निकालेपछि घरका छत र बाटोका बारबाट हान्दोलन र प्रहार गर्दैछन् ।

हिजो कोहि कसैले निरीह गरिबलाई भाटा हान्थ्यो र त्यहि हान्दोलानलाई आजसम्म आन्दोलन भन्नैपर्छ भनेर सम्साँझै भुक्दैछन् । फेरि यो हान्दोलनको जात पनि रैथाने र बिकासे हुँदोरहेछ । हाम्रै देशभित्रका सडकमा चित्र विचित्रका जादुसादुका तडक भडकदेखि रबरे थैलाको हाहाकार मच्चाउने सम्मका हान्दोलनहरू रैथानेमा पर्ने भए । उता रिसको भण्डार भएकोले रुस भनिएको भने पनि फरक नपर्ने ठाउँतिर, नामै हमास भएपछि हत्या गरेरै मास्नुपर्छ भन्नेतिर, संसार लागि बेकारको भार बनेको तथाकथित देश भारत र पाकिस्तान एक अर्कालाई खाली स्थान बनाउन न्वारानदेखि टुप्पीसम्मको बल लगाएर एक अर्का विरुद्ध हान्दोलन गर्न कट्टु फुकालेर तम्सिएका छन् ।

हिजो बुद्ध जन्मेको देश भनेर वाक्बाण हान्ने भारत आज आएर बुद्ध होइन बौद्ध धर्म हाम्रोमा जन्मेको भन्छ अनि छर छिमेकमा असाध्यै चाम्रो दाम्रो र नराम्रो व्यवहार गर्छ । महाझुठका खबरलाई रबरभन्दा बढी तन्काएर निर्लज्ज थिचोमिचो सन्काएर आफ्नै भविष्यमाथि अणुबमको निम्ता दिन यो कुरुक्षेत्र धारी माहिर छ । यसले सिमानामा ब्यक्तिगत लुटपाट , कुटपिट , थिचोमिचो , बलजफ्ती लगायतका निकृष्ट अस्त्र हानेर सधैं हान्दोलन गरिरहेकै हुन्छ ।

हाम्रै देशका भनाउँदाहरूभने त्यतातिर अन्धोभएको अभिनय गर्दै देशका युवा लखेटेर सोझा सिधा सत्य र न्यायप्रेमीलाई अनेक हत्कण्डा अपनाउँदै नारकिय शासनको प्रत्याभूति दिँदै महामख्ख छ्न् । जनता मास्सेको मास्यै हामी हाँसेको हाँस्यै भन्ने गीत गाउदै बस्नुलाई संसारको अति उत्कृष्ट शासन हो भन्ने रटान दिएको दियै छ । झोले झाम्टे कौडे मुन्द्रे जुल्फे जगल्टेहरू पनि कमका हान्दोलनकारी छैनन् ।

फेरि उता हराम न बिराम गोदाइ खान्छ ईरान भनेर निहुँखोज्ने कुहिरेकान्त कुकर्मीको संसारैभरी हान्दोलन मच्चाउने खड्यन्त्र जहिलेसुकै खडा छ । त्यसैको बोली कागको भन्दा कडा छ अनि धेरैलाई त्यसैको हान्दोलनले हानेर लडाछ लडाछ । प्रजातन्त्र र मानव अधिकार नामक दुइटा कोपरा संसारभरी दुर्गन्ध फैलाउने भाँडा भएका छन् । भलै नामै चिन भएकोले हो कि यो प्रकारको फोहोरी हान्दोलनलाई बेलैमा चिनेर अक्करदेखि टक्कर दिँदैछ । यसरी हेर्दा नाम चैं आन्दोलन कामचैं हान्दोलन संसारको कुनाकाप्चासम्म फैलिएको छ मौलाएको छ र त्यसैको उपद्रोले विश्वको गरिब दुखी वर्ग सास्ती र यातना सहनै नसकेर भित्र भित्रै बौलाएको छ ।

हाम्रो देशको चन्द्रमासम्म पनि अघाेषित हान्दोलन पुर्‍याउने धृष्टता भएकाे छ,  जुन अति निन्दनिय छ । हामी शाक्यमुनी बुद्धका नाति पनाति खनाती जनाती हौं र संसारमा जुनसुकै निहुँ वा बहानाले हुने अनि हुनसक्ने हान्दोलनहरूको हामी सदानिन्दक हौं । यति हुँदाहुँदै पनि अझ पुरानो र नयाँ टेस्टामेन्ट नामक महा निकृष्टतम झुठ हानेर बौद्ध किराँत हिन्दूमाथि हान्दोलन भैरहेको छ जुन निन्दाको भण्डारै थोपर्न लायकको अवस्य छ । त्यसैले हाम्रो /हान्दोलन बिहिनको नारा छ-
विश्वाका सबैखाले हान्दोलन —- मूर्दावाद ।
सुशान्ती सत्य सनातन —– जिन्दावाद ।

०००
२०८२/०१/ १८
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x