साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामन्ती रूख

यो कसरी हामी सुकुम्बासीहरूको हितैषी हुन सक्छ, जबकि यसले वर्षाैंदेखि ३/४ कठ्ठा जमिनमा आफ्नो अड्डा जमाएको जमायै छ ।

Nepal Telecom ad

गणेश शर्मा पाैडेल :

मानिसहरूले शमीको रूख रोपे । समयक्रममा त्यो रूख निकै ठूलो भयो । त्यो मूल बाटाको शमीको शीतल छहारीमा बटुवाहरू सुस्ताउन थाले । भरियाहरू मस्ताउन थाले । शमीको रूख अझै झाँगिदै गयो । समय सँगसँगै गाउँ टोल छरछिमेक वरपर चारैतिर त्यही झाँगिएको त्यही शमीको चर्चा परिचर्चा हुन थाल्यो । शमीको रूखको अगाडि अरू वरपिपल, सिमल, डुम्रीका रूखहरू फिका हुन थाले । वर्षैं बित्यो ।

युग परिवर्तन भयो । नयाँ बटुवाहरू आए, नयाँ भरियाहरू आए । नयाँ गोठालाहरू आए, नयाँ नयाँ चेहरा देखिन थाले । शमीको रूख खचाखच भरियो ।

त्यस्तैमा एउटा बासिन्दाले घाँटीको नशा फुल्ने गरी चिच्चायो, साथी हो, “त्यो शमीको रूखको शीतलता वाहियात तर्क हो । तपाईहरूलाई मूर्ख बनाउन खोजिएको छ । यो कसरी हामी सुकुम्बासीहरूको हितैषी हुन सक्छ, जबकि यसले वर्षाैंदेखि ३/४ कठ्ठा जमिनमा आफ्नो अड्डा जमाएको जमायै छ ।”

अर्को बोल्यो – “साथी हो, त्यो ३/४ कठ्ठा जमिनमा हाम्रा झुपडी र टहराहरू बन्न सक्थे । यो सामन्ती रूख हो । अब यसको नामोनिसान मेट्नु पर्छ ।”

कुरा सुन्नेहरू चकित भए । सबैजना चुपचाप चाराना बोले आठाना अवस्थामा पुगे । शमीको गुण र शीतलताको वकालत गर्ने त्यहाँ कोही निस्केन ।

०००
कुथुङ्ग्रो (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुराहरूप्रति

चतुराहरूप्रति

गणेश शर्मा पौडेल 'चन्दन'
चतुराहरूप्रति

चतुराहरूप्रति

गणेश शर्मा पौडेल 'चन्दन'
भ्रष्टाचार

भ्रष्टाचार

गणेश शर्मा पौडेल 'चन्दन'
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x