साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार

भ्रष्टका दरा गडेका जरा खोतल्छ दसीले जस्ताको त्यस्तै उतार्छ बुँदा कलम मसीले । सत्यता साथ कमाई धन सम्पत्ती साँचो छ असत्य साथ कमाई धन सम्पत्ती काँचो छ ।

Nepal Telecom ad

गणेश शर्मा पौडेल ‘चन्दन’ :

अघाई खायौ राजश्व थुती ऊसँग दसी छ
तैनाथ राख नजरभित्र बाँधने रसी छ ।

तराजुभित्र रोबर राख जाँचने कसी छ
भ्रष्टको ज्वाला निभाई दिने कलम मसी छ ।

अन्तर मन निर्मल हुन्न भ्रष्ट ती जनको
अचल हुन्न ओकल्नु पर्छ भ्रष्ट ती धनको ।

भ्रष्टका निम्ति भ्रष्ट नै राम्रो फलने डाली छ
फूलझै टिपी मालामा उन्ने आफन्त माली छ ।

नामेट पारौं भ्रष्टका जरा गडेको तल छ
हरा र भरा छाहारी वृक्ष शीतल भल छ ।

कसैले चाल पाउने छैन भ्रष्टले छोएको
अहिले हैन धेरै नै भयो राष्ट्रले रोएको ।

दाहिने देब्रे गर्नुछ ख्याल भ्रष्टका नजर
देशका भक्त पाहुना बनी ख्याउला जहर ।

भ्रष्टका दरा गडेका जरा खोतल्छ दसीले
जस्ताको त्यस्तै उतार्छ बुँदा कलम मसीले ।

सत्यता साथ कमाई धन सम्पत्ती साँचो छ
असत्य साथ कमाई धन सम्पत्ती काँचो छ ।

०००
खाेलेसिमल, चितवन 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुराहरूप्रति

चतुराहरूप्रति

गणेश शर्मा पौडेल 'चन्दन'
चतुराहरूप्रति

चतुराहरूप्रति

गणेश शर्मा पौडेल 'चन्दन'
सामन्ती रूख

सामन्ती रूख

गणेश शर्मा पौडेल 'चन्दन'
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x