साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश-३३)

त्यस्तै हुन् कर्मवेत्ता बुध जन अगिका साथ छाडे नजाती।। टल्कन्छन् कर्मशोभा खुरुखुरु करले योग्य छानून् सकारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

बोलीमा दिव्यता होस् जति परजनले सुन्दछन् कान थापून् ।
मीठो बोल्ने सुमान्छे सब जनमनले योग्य सम्झेर राखून् ।।
भन्छन् खोलेर घाँटी जति सँग म बसूँ चेत पालूँ बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६१।।

घुम्छन् आशानिराशा मनुज मनविषे योग्य आशा नत्याग्नू ।
छन् सत्यासत्य त्यस्तै भव असल भनोस् सत्यको मार्ग लाग्नू ।।
यस्तो सत्कर्म गर्दा सबतिर जनले पुज्न थाल्छन् सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६२।।

आशा बोके हियामा कृत पथ सहजै खुल्दछन् माथि उठ्न ।
बोके मात्रै निराशा हृदयबल घटी छेक्दछन् साथ जुट्न ।।
यो हेक्का चेत राखे कृत सहज बनी दिव्य बाँध्छन् भकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६३।।

एक्लै सङ्कष्ट झेल्दा तनमन बहुतै गल्दछन् भार थेग्न ।
जान्नेछन् वृद्धवृद्धा सहज पथ चुनी सौख्य सायुज्य लेख्न ।।
मान्छेझैँ मार्ग देखूँ अटल मन बनोस् कृत्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६४।।

चम्केका सूर्य टल्की निज नयन खुली हेर्न के सक्छ माथि।
त्यस्तै हुन् कर्मवेत्ता बुध जन अगिका साथ छाडे नजाती।।
टल्कन्छन् कर्मशोभा खुरुखुरु करले योग्य छानून् सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x