दीनानाथ पाेखरेलवृद्धवृद्धा सबै …
घामझैँ जूनझैँ ज्ञानका पुञ्ज हुन् । कर्मका मार्गका प्रेरणा स्रोत हुन् ।। ज्ञानमा ध्यानमा पर्न सक्छौँ भर । वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।
दीनानाथ पोखेल :
पालिएँ पोसिएँ वृद्धका त्यागले।
बस्न पाऊन् घरै हर्षका भावले ।।
वृद्धका साथमै हाँस्छ सारा मर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ॥०१॥
सौम्यता शिष्टता वृद्धमा पस्कँदा ।
मिल्छ हाँसो सधैँ कर्ममा लस्कँदा ।।
वृद्ध रम्ने नयाँ कृत्य होस् सुन्दर।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०२।।
वृद्धका कष्ट छन् पूर्ण हर्ने गरे ।
शान्तिले चेतमा राज गर्थ्यो भरे ॥
वृद्धका शासना छन् जहाँ ती हर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०३।।
पुत्र वा पुत्रिका कर्म उम्दा बनून् ।
बाल वा बालिका साथमा नै बसून् ।।
वृद्धका चेतमा शान्ति उम्दा छर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०४।।
वृद्धका साथमा ज्ञान खोजौँ बसी ।
ज्ञानका शक्तिले कर्म पोखौँ कसी।।
विश्वमा शान्तिको चेतना यो छर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०५।।
घामझैँ जूनझैँ ज्ञानका पुञ्ज हुन् ।
कर्मका मार्गका प्रेरणा स्रोत हुन् ।।
ज्ञानमा ध्यानमा पर्न सक्छौँ भर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०६।।
०००
सुम्बेक, इलाम-२, इलाम
Subscribe
Login
0 Comments
Oldest





































