साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा सबै …

घामझैँ जूनझैँ ज्ञानका पुञ्ज हुन् । कर्मका मार्गका प्रेरणा स्रोत हुन् ।। ज्ञानमा ध्यानमा पर्न सक्छौँ भर । वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।

Nepal Telecom ad

दीनानाथ पोखेल :

पालिएँ पोसिएँ वृद्धका त्यागले।
बस्न पाऊन् घरै हर्षका भावले ।।
वृद्धका साथमै हाँस्छ सारा मर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ॥०१॥

सौम्यता शिष्टता वृद्धमा पस्कँदा ।
मिल्छ हाँसो सधैँ कर्ममा लस्कँदा ।।
वृद्ध रम्ने नयाँ कृत्य होस् सुन्दर।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०२।।

वृद्धका कष्ट छन् पूर्ण हर्ने गरे ।
शान्तिले चेतमा राज गर्थ्यो भरे ॥
वृद्धका शासना छन् जहाँ ती हर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०३।।

पुत्र वा पुत्रि‌का कर्म उम्दा बनून् ।
बाल वा बालिका साथमा नै बसून् ।।
वृद्धका चेतमा शान्ति उम्दा छर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०४।।

वृद्धका साथमा ज्ञान खोजौँ बसी ।
ज्ञानका शक्तिले कर्म पोखौँ कसी।।
विश्वमा शान्तिको चेतना यो छर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०५।।

घामझैँ जूनझैँ ज्ञानका पुञ्ज हुन् ।
कर्मका मार्गका प्रेरणा स्रोत हुन् ।।
ज्ञानमा ध्यानमा पर्न सक्छौँ भर ।
वृद्धवृद्धा सबै शम्भु ! रक्षा गर ।।०६।।

०००
सुम्बेक, इलाम-२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x