साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

सन्ताप कष्ट नपरोस् कृत बिग्रिएर । हाँसो खुसी डुलिरहोस् नभ उक्लिएर ॥ पारूँ स्वयम् भुवन यो सुख दिव्य धाम । यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

जन्मेँ म हेर यिनले सुखसाथ राखे।
दुख्दा म हेर यिनले खुद देव भाके।।
संज्ञान कर्म म गरूँ हितका धरामा।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०१।‌।

लाग्नेछ पाप यिनको नगरे विचार ।
सेवा गरूँ सुख मिलोस् खुस होस् हियार।।
संसार छर्न म सकूँ कृतले सुनाम।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०२।।

उठ्‌दा म उन्नत बनी मनभित्र रम्छन् ।
लड्‌दा म दुख्छ अति नै तन अश्रु धुन्छन् ।।
हुन् ज्येष्ठ ईश्वर बुझे खुद पुण्य धाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०३।।

उल्लास जन्मन सकोस् मनले बिचारी।
खोजूँ सदैव हितको पथ दिव्य पारी ।।
यी विष्णुतुल्य सब हुन् भज रामराम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०४।।

सन्ताप कष्ट नपरोस् कृत बिग्रिएर ।
हाँसो खुसी डुलिरहोस् नभ उक्लिएर ॥
पारूँ स्वयम् भुवन यो सुख दिव्य धाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०५।।

०००
सुम्बेक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x