साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिङ आउँदैन जुराे आउँदैन

अपराधी छुटाउन राजनीति गर्नुपर्छ निर्दाेषलाई दाेषी बनाउन पाइन्छ  दाेषीलाई निर्दाेष भन्न पाइँदैन  यत्तिहुँदा पनि जनताले किन पत्ताे पाउँदैन ? अब यसपछि त सिङ्ग आउँदैन जुराे आउँदैन ।

Nepal Telecom ad

करूण सुवेदी :

मकैबाट मकैनै आउँछ धान आउँदैन
गाईले गाईनै पाउँछ पाडाे पाउँदैन ।
गाेबरकाे थुप्रामा भाेट हाले गाेबरै आउँछ ।
विकास आउँदैन ।
थाहा हुँदाहुँदै जनताले किन पत्ताे पाउँदैन ।
अब यसपछि त सिङ्ग आउँदैन जुराे आउँदैन ।।

कालाे मन ढाक्न कालै काेट लाएर ।
इज्जतदार छातिमा खाेट लाएर ।
पचाउनै नसक्ने शपथ खाएर
मालिकले विदेशबाट मुर्रा ल्याउछन् ।
33 किलाे सुन फुर्र उडाउँछन् ।
विदेशबाट मुर्रा आउँछन् विद्यार्थी आउँदैन ।
यत्तिहुँदा पनि जनताले किन पत्ताे पाउँदैन
अब यसपछि त सिङ्ग आउँदैन जुराे आउँदैन।

अचम्म लाग्छ !
उसले नदी बेचेर तिर्खा मेटाउँछु भन्छ
युवा हटाएर बेरोजगारी सकाउँछु भन्छ।
अचम्म लाग्छ,
जब देश बेचेर समृद्धि ल्याउँछु भन्छ ।
जसको आफ्नै जिउने मर्ने ठेगान छैन।
उसैकाे भर पर्नुपर्छ ।
अपराधी छुटाउन राजनीति गर्नुपर्छ
निर्दाेषलाई दाेषी बनाउन पाइन्छ
दाेषीलाई निर्दाेष भन्न पाइँदैन
यत्तिहुँदा पनि जनताले किन पत्ताे पाउँदैन ?
अब यसपछि त सिङ्ग आउँदैन जुराे आउँदैन ।

०००
बर्दिया, हाल थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मदिरा महाेत्सव

मदिरा महाेत्सव

करूण सुवेदी
ए डाक्टर साब् !

ए डाक्टर साब् !

करूण सुवेदी
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x