साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए डाक्टर साब् !

चिल्लो गाडी नचडेसम्म हिँड्न सकिन्न, गाडी चढे जनताकाे दुःख देखिन्न । पैसा देखिन्छ डुब्दै गएकाे युवाकाे बैँस देखिन्न । आफूले गरेकाे हर्कत देखिन्न अर्काकाे विकास देखिन्छ ।

Nepal Telecom ad

करूण सुवेदी :

बाटामा हिँड्दै गरेकाे गाडी राेकिन्छ ।
गाेली मजाले बाेल्छ युवाकाे आवाज राेकिन्छ ।
कहिले विश्वविद्यालयमा पढाइ राेकिन्छ,
पढाइ भइहाले परीक्षा राेकिन्छ,
परीक्षा भइहाले फेरि रिजल्ट राेकिन्छ,
राेकेकाे राेकै गर्छ याे पारा कहिले सकिन्छ?
डाक्टर साब् !
मेराे देशलाई कब्जियतकाे लक्षण देखिन्छ ।।

राेजगार खाेज्ने युवाकाे नाथ्राे फुटाइन्छ।
राेजगार गर्नेलाई फेरि आगाे लगाइन्छ ।
अनुदानै अनुदानमा बाँचेर
स्वतन्त्रताकाे धाक लगाइन्छ ।
भाँडमै जाओस् देश र जनता बाल भएन
विकासकाे मुखुन्डाे लाएर भाेट उठाइन्छ ।
सकियोस् चुनाव
पखालाले च्यापे जस्तो मुख देखिन्छ।
ए डाक्टर साब् !
मेराे देशकाे पेटमा जुकाकाे लक्षण देखिन्छ ।

छ्या ! छ्या ! ग्यास्ट्रिककाे हावा जस्तो गनाउँछ ।
मेराे देशकाे सांसद पनि त्यस्तै गनाउँछ।
पायल्सकाे दुःख भन्दा जनताकाे दुःख सस्तो बनाइन्छ ।
भाेट माग्दा जनता राम्रा हुन्छन्,
अन्यथा मुखकाे डण्डीफाेर जस्तो बनाइन्छ ।
चिल्लो गाडी नचडेसम्म हिँड्न सकिन्न,
गाडी चढे जनताकाे दुःख देखिन्न ।
पैसा देखिन्छ डुब्दै गएकाे युवाकाे बैँस देखिन्न ।
आफूले गरेकाे हर्कत देखिन्न अर्काकाे विकास देखिन्छ ।

देख्ने देख्दैन न देख्ने देखिरहन्छ ।
डाक्टर साब् !
मेराे देशलाई माेतिबिन्दुकाे लक्षण देखिन्छ ।

०००
बर्दिया, हाल थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x