सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बेलुन पड्कियो, कार्यक्रम अड्कियो

यस्तैयस्तै तोरीलाउरे नेताहरुले गर्दा देश ढल्कियो, भ्रष्टाचारी राज्यकोष दोहन गर्न पल्कियो । चिन्ता छैन फिटिक्कै भुँडीमा भोटो चिटिक्कै । जनता किन ओइलाए यसरी जेठको घाममा साग ओइलाए जसरी ।

Nepal Telecom ad

अमर अधिकारी :

नेपाली भएर विदेशीको नक्कल किन ? हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो चालचलन अनि धर्म जोखिममा पर्योद त्यसपछि डलरेले जे पनि गर्योम । विदेशी चलन नेपालमा पस्यो, पल्लोघरको काइँलो पनि त्यसैमा फस्यो।

हराए चोली फरिया मजेत्रो अनि पटुका। सरकारले थाप्छ विदेशीसँग ऋणका लागि बटुका। हैन भिख पनि कति दिन जान्या हो विदेशीहरुले ? जन्मिदावित्तिकै एक शिशुले करिब एकलाख रुप्पेको ऋणको भार बोक्नुपर्ने  रे ! नेताहरु पैसाका लागि टाउको ठोक्नुपर्ने रे । विदेशी र विकासे कार्यहरुतिर लाग्ने देश बिग्रियो भनेर विदेशतिर भाग्ने ?

अस्ति भर्खर पोखरामा बेलुन पड्कियो
पर्यटनको कार्यक्रम त्यसै अड्कियो
एक मूर्ख विद्वानसँग किन कड्कियो
नबुझेर साइँलो भाइ त्यसै भड्कियो।

कार्यक्रम स्थलमा केराका थामबाट जग्गे बनाइनुपर्ने थियो। विदेशबाट नानाथरीको चलन आएपछि यस्तै हो नेपालमा। ज्यादा ज्यादा ढाँचा! मान्छे भने काँचा। दौरा सुरुवाल लगाएका मन्त्रीले त अक्षता, फूल पो समाउने हो बेलुन पनि समाउने हो त! एक माननीय केही वर्षअघि रामरति राम ग्याँस लिक भएर आगो फैलिएर बितिन्, एकजना सांसद ग्यासकै आगोले डढाइदियो, अस्ति मात्र उपप्रधानमन्त्रीको गालै डढाइदियो। उनीसँगै शुभकामना शेयर गर्न गएका मेयर पनि जले।
महंगो क्यासमा किन्नुपर्ने यो ग्यासले गर्नुगर्यो ! आयोजकलाई पीर पर्नुपर्यो।

जन्मदिनमा खिर नपकाएर केक किन्नुपर्ने रे । प्रणय दिवसमा गुलाफको फूल समाएर प्रेमीका खोज्दै हिन्नुपर्ने रे । गुलाफको फूल पनि भारतबाट करोडौँमा आउने ! मन्त्रीहरु विदेशतिर घरिघरि धाउने। विदेशबाट फर्केपछि उतैको कतिपय पद्धति लागू नगर्ने! सुधारका काममा पर्दै नपर्ने। गुइँठेले मन्त्री पायो चुइँटेले स्वकीय सचिव पायो। यस्ता डुकुलण्ठकहरुले देश चलाउने रे ! भ्रष्टहरु गलाउने रे ! आफै भ्रष्टाचार गर्ने त्यसै अरुलाई आँखा तर्ने ?

पटक पटक मन्त्री भएका एक बूढाले केही हप्ताअघि “अब भ्रष्टाचारको छानबीन गरौँ” भने, उनले मन्त्री छँदै घुस खनखनी गने । जनतालाई अन्धक बनाए गरिबलाई बन्धक बनाए । कमाएको रकम भरि विदेशी बैंकमा पठाए, अनि छोरा बुहारी पनि सातसमुद्र कटाए । यता तलबमा सहयोगी राखेर विचार गर्छन्- “अब स्वच्छ छविमा गनिनुपर्छ, सजिलैसँग मरिनुपर्छ भनेर । भारतका हत्यारा सन्त जेलमा हावा खाने यता अन्धभक्तहरु उनको आश्रममा जाने । उता पाखण्डी गुरु मर्ने यता अन्धभक्तहरु भ्रममा पर्ने । हे विधाता! हाम्रा देशबासीको वुद्धिमा अलिकति भए पनि गिदी भरिदिन पर्यो।

भारतको जेलमा सडेका बाबा गुरुलाई यहाँका अन्धभक्तहरुले जयजयकार गर्न छोडेका छैनन् । उनीहरु एजेन्टहरुले धर्मको नाममा करोडौँ अरबौँ ओसार्दा पनि सरकार मुकदर्शक भएर बसेको छ । नेताहरु आश्रम गएर बाबासँग आशीर्वाद लिन्छन् र कोटको भित्री गोजीबाट झिकेर भेटी पनि दिन्छन् । रुद्राक्षमाला लगाएर गोडामा ढोग्छन् र सोध्छन् “म कतिपटक प्रधानमन्त्री बन्छु ?” अर्को नेताले पनि त्यसै गर्छन् र बाबालाई सोध्छन्- “म कतिपटक मन्त्री बन्छु ?” आफूलाई क्रान्तिकारी पार्टीको नेता बताउनेवालाले पनि बाबालाई सोध्छन्- “बाबाजी! म अब कति पटक सांसदमा जित्छुहोला ?”

यस्तैयस्तै तोरीलाउरे नेताहरुले गर्दा देश ढल्कियो, भ्रष्टाचारी राज्यकोष दोहन गर्न पल्कियो । चिन्ता छैन फिटिक्कै भुँडीमा भोटो चिटिक्कै । जनता किन ओइलाए यसरी जेठको घाममा साग ओइलाए जसरी । चोर फटाहाहरुलाई पूजा गर्ने यहिँ छन्, झन पछि झन । माफिया पनि सामाजिक अभियन्ता रे ! भ्रष्टाचारी पनि अभियन्ता रे ! थुक्क ! कुरा नबुझी त्यस्ताको पछाडि लागेर हैँसे मिलाउने अबुझहरु हो । तिम्रा वुद्धि कहिले शुद्ध हुन्छ ? आफूखुशी गर्नमा सघाउने मान्छे बगलमा राख्नुपर्ने रे मन्त्री भएका नेताले । प्रशासन हुँडल्ने काम दुईवर्षे योजनालाई तन्काएर पाँचवर्षे बनाउने र घरिघरि कमिशन दुहुनेहरुले नै मुलुक चौपट पारेको जनताले कहिले थाहा पाउने ?

कमिशनको छ्याकन पाउने चम्चा वा झोलेले भने नेताको गुनगान गाउने। विकासका नाममा सिन्को नभाँच्ने पुस्तौ पुगोस् भनेर धन साँच्ने । चप्पल लगाउने हैसियत नभएका नेताहरु अहिले आलिसान महलमा उपरखुट्टी लगाएर बसेका छन्। महंगाखालका गाडीमा सयर गरेर सौराहा र पोखरा घुम्न कम्मर कसेका छन् । उता जनतालाई दुईछाक खान धौ-धौ छ भने एकसरो लाउन पनि धौ-धौ छ ।
फटाहाहरु भने “जनमुखी काम गरेका छौँ” भनेर धाक लगाउने, श्रमिकलाई खाडी मुलुकतिर भगाउने । आफूले धनको थुन पघार्ने, विद्यार्थीहरुलाई अमेरिका-अष्ट्रेलिया लघार्ने ? अलिकति पनि लाज छैन हाम्रा नेताहरुलाई ! चितामा पुग्ने बेलामा पनि कुर्सी अँठ्याएर बस्ने, इमानदारलाई पाता कस्ने।

हामी आफ्ना मौलिक कुराहरुलाई बचाउने काम गरौँ, सच्चा नेपाली बनेर मरौँ । नत्र भावि सन्ततिले सराप्ने छन् हामीलाई । विदेशी चालचलन उतै फर्काइदिऔँ, विदेशी संस्कृति उतै हुत्याइदिऔँ अनि मात्र हामी नेपाली भन्न लायक हुनेछौँ। किन चाहियो रंगीविरंगी चिज वस्तुहरु ? के ती वस्तुहरु हाम्रै मुलुकमा बनेका हुन् र ?

हुन त हाम्रो मुलुकमा सियो भारतबाट र दियो अमेरिकाबाट आयात गर्नुपरेको छ। अस्ति पोखरामा आफ्नै शैलीमा कार्यक्रम गरेको भए न कोही जल्थे न कोही घाइते हुन्थे । विकासे बन्न खोज्ने नेपालीहरुमा यी सब कुराहरुको चेतना भया ।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चश्मा

चश्मा

सुरेन उप्रेती
माड्साप्

माड्साप्

श्याम गोतामे
दिक्कलाग्दो छिमेकी

दिक्कलाग्दो छिमेकी

नगिता लेप्चा राई
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
आधा सत्य आधा भ्रम- ८

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x