मरुभूमि नारायणयो देशमा
पार्नु पर्ने स्वाङ फुक्नु पर्ने ढ्वाङ जो गाउँदैन उसैलाई मायक चाहिन्छ ।

मरूभूमि नारायण :
यो देशमा तानाशाही नायक चाहिन्छ
घोतीपाटा फेरिदिने सहायक चाहिन्छ ।।
हाँसी-हाँसी जानु पर्छ खाडी मुलुकमा
कमाएको धन बोक्न बाइक चाहिन्छ ।
नजीकको नर्क प्यारो टाढाको तीर्थ
भोटबेशी गर्न हजुर पायक चाहिन्छ ।
उफार्न पर्ने रैछ सकुञ्जेल चिच्याएर
भेडाको स्वर भाको गायक चाहिन्छ ।
पार्नु पर्ने स्वाङ फुक्नु पर्ने ढ्वाङ
जो गाउँदैन उसैलाई मायक चाहिन्छ ।
लुगा खोल्ने बित्तिकै हिट भइन्छ हो ?
चाउरी प्रत्याङ्ग हेर्न लायक चाहिन्छ ।।
०००
तनहूँ
Subscribe
Login
0 Comments
Oldest





































